Advertisement

राष्ट्रिय विकास परिषदको बैठकमा मुख्यमन्त्री सोडारीको सम्बोधन ‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ’

Advertisement

सुदूूपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले राष्ट्रिय विकास परिषदको बैठकमा सुदूरपश्चिम प्रदेश विकासका सम्भावनाका एजेण्डा प्रस्तुत गरेका छन् । विहिबार बैठकलाई सम्बोधन गर्दै सोडारीले  सुदूरपश्चिम ५० को दशकमा कर्णाली नदीमा पुल बनेपछि पूर्वि नेपालसंग जोडिएको स्मरण गराए । उनले भने त्यस अघिका दिनमा काठमाडौ लगायत मुलुकका विभिन्न भागमा पुग्नका लागि समेत भारतको बाटो भएर आवतजावत गर्नुपर्ने अवस्था थियो, । त्यसपछिका दिनमा सडक, यातायातका क्षेत्रमा केही प्रगति भए पनि मानव सूचकांकमा सुदूरपश्चिम अझै पछाडि छ ।

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा बोल्दै सोडारीले भने–‘–सुदूरपश्चिमको विकासको लागि भारतको तिकुनियादेखि  ताक्लाकोटसम्मको सेती लोकमार्ग बनाउन जरुरी छ’ ।, सो सडक बनेपछि  तिव्वतसंग सुदूरपश्चिमको पहुँच पुग्ने छ, । सेती लोकमार्ग बनेपछि मानसरोबर जानका लागि नेपाली मात्र होइन भारितय पर्यटकलाई समेत सजिलो हुनेछ । सो सडक सञ्चालनसंगै व्यापारिक नाका पनि खोल्नु पर्छ जसले चिनियाँ सामान सस्तोमा पाउन सकिने छ भने हाम्रा जडीबुटी लगायतका उत्पादन पनि चीनलाई बेच्न सकिने छ ।, मुख्यमन्त्री सोडारीले थपे–‘सुदूरपश्चिमका धेरै नागरिक अहिले पनि सस्तो ज्यालामा भारतमा काम गरिरहेका छन् । त्यसैले सुदूरपश्चिममा औद्योगिकरण गरेर नेपालीहरुलाई नेपालमै रोजगार दिने वातावरण बनाउनुपर्छ । त्यसका लागि ठुला उद्योग, कलकारखाना र पाँच तारे स्तरका होटल निर्माण र सञ्चालनमा व्यवसायीलाई आकर्षित गर्ने नीति नियम बनाउन आवश्यक छ ।

सुदूरपश्चिमको जडीबुटी खेर गइरहेको त्यसको सदुपयोग गरेर उद्योग बनाउन जरुरी छ । मुख्यमन्त्री सोडारीले भने–‘ठुला विकास निर्माणका काममा राज्यले सुदूरपश्चिममाथि  विभेद गरेको छ । सुदूरपश्चिममा पनि कैलाली–कञ्चनपुरमा  विकास बढी केन्द्रीत हुँदा पहाडीका बस्ती खाली भएको छन् । जनसंख्याको सन्तुलन मिलाउन सके पहाडी जिल्लाको बसाई सराई रोकिन सक्छ । त्यसका लागि पनि नीति नियम आवश्यक छ ।  खप्तड, बडीमालिका, रामारोशन, अपिसाइपाललगायत धार्मिक र पर्यटकीय क्षेत्र हुन । ती क्षेत्रमा पर्यटकीय गतिविधि बढाएर जनताको आम्दानी बढाउने काम गर्नुपर्छ । खप्तडदेखि रारासम्मको राष्ट्रिय पदमार्गलाई अघि बढाउन पनि जरुरी छ  । कर्नाली , सेती, महाकालीको पानी खेर गयो । सुदूरपश्चिमलाई सूचना प्रविधि क्षेत्रको हव बनाउनुपर्छ । त्यसो हुँदा सूचना प्रविधि पढ्नका लागि भारत र नेपालका विभिन्न शहरमा गएर महंगोरुपमा पढ्नु पर्ने वाध्यता अन्त्य हुने छ । सुदूरपश्चिममा कर्णाली, सेती नदीबाट बिजुली उत्पादन गर्ने वातावरण बनाउन संघीय सरकारले विशेष पहल थाल्नुपर्छ ।

उनले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाएर भारतको दिल्ली लगायतका शहरसंग जोड्नु पर्ने बताए । मुख्यमन्त्री प्रधानमन्त्री प्रचण्डलाई इंगीत गदै भने – अहिले पनि ठुला अस्पताल नहुँदा बिमारी भारत  र काठमाडौ लैजानु पर्ने बाध्यता छ त्यसका लागि संघीय सरकारले विशेष योजना बनाउनुपर्छ । त्यसका लागि गेटको दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउन आवश्यक कानुन बनाएर पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।

 सुदूरपश्चिमले जंगल जोगाएर जलवायु परिवर्तन नहुन दिनका लागि ठुलो टेवा पुगाएको छ । जंगल जोगाएर जनतालाई जलवायु अनुकलन मैत्री काममा परिचालन गर्न विषेश योजना आवश्यक छ । उच्च जलवायु परिवर्तनबाट हुने क्षति न्युनिकरणका लागि सुदूरपश्चिममा वायुप्रर्दुषण मापन केन्द्र स्थापना गर्न जरुरी छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज