Advertisement

रेशम–रञ्जिताको सम्बन्धमै दरार, रेशम भन्छन् ‘जग नहँसाएर छुट्टिऔँ’

Advertisement

धनगढीः पति रेशमलाल चौधरी र पत्नी रञ्जिता श्रेष्ठबिच खटपट बढेको विषय बाहिर आएको छ

राजनीतिक विवाद र मतभेदका कारण श्रीमान/श्रीमतीको सम्बन्धमै दरार आएको विषय अहिले छताछुल्ल भएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमले पतिपत्नीबिच बढेको खटपटको विषय आफैले सार्वजनिक गरेका हुन्। उनले भनेका छन्। ‘जग नहँसाएर छुट्टिऔँ।’ रेशमले पत्नी रञ्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने/नगर्ने भन्ने विषयमा रेशम र रञ्जिताबिच विवाद छ। यो विषयमा सम्झाउन आफू फेरि कैलालीबाट काठमाडौं जान लागेको उनले बताएका छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जितालाई अरुले भड्काइरहेको उनको दाबी छ। ‘केही स्वार्थी मान्छेले तिम्रो मेरो सम्बन्ध र नागरिक उन्मुक्ति पार्टीलाई सिद्ध्याउने खेलमा सहजै खेलेको मैले त बुझेको थिएँ तर तिमीले बुझेनौ,’ रेशमले पत्नि रञ्जितालाई इङ्गित गर्दै लेखेका छन्।

‘तिमी सोझी र अन्जान छ्यौ, तर मुडी छ्यौ भनेर नजिकबाट बुझ्नेले त्यसको फाइदा उठाए।’ रेशमले अघि लेखेका छन्, ‘यो सब गराउनेलाई भोलिको परिणाम थाहा थियो,’ उनले थप लेखेका छन्, ‘यिनले हाम्रो संवादलाई कसरी रोक्न सकिन्छ, अहिले पनि रोक्ने प्रयत्न गरिनै राखेका छन्, तर अब रोकिनुहुन्न। संवादको सुरुवात गरे दुवैको मन हल्का होला। नबिर्सनु रन्जिता, यिनले हामीलाई राम्रो नाच्यो भनेर थपडी बजाए जस्तो नाटक मात्रै गरेका हुन्।’

‘वास्तवमा यिनले हामी दुबैलाई नङ्ग्याई राखेका मात्रै हुन्।’ उनले अरूको कुरा नसुनेर पार्टीहितमा काम गर्न आग्रह समेत गरेका छन्। ‘तिमीले यत्ति बुझ्नु रन्जु, हाम्रो पार्टी काठमाडौंमा एमाले र टीकापुरमा माओवादी किन बन्छ? यो दुबै नबनेर नागरिक उन्मुक्ति पार्टी मात्रै बनोस् भन्ने मेरो चाहना हो,’ उनले अगाडि भनेका छन्, ‘तिमीलाई मेरो सुझाव छ रन्जु, अहिले केहि दिन तीन तत्वबाट टाढा रहनु, छोरी भन्नेसँग, भाउजू भन्नेसँग र भान्जी भन्नेसँग। यी तीनको खेलबाट बच्नु कल्याण आफै हुन्छ।’

संरक्षक चौधरीले मिल्दा पनि मनैले मिल्न र छुट्टिँदा पनि जग नहँसाएर छुट्टिन आग्रह गरेका छन्। ‘जसले तिमीलाई मन्त्री ज्यू भन्छ त्यो चाहिँ तिम्रो असली कार्यकर्ता हो। अहिले म काठमाडौंमा केवल तिमी भेट्ने उद्देश्यले मात्रै आउँदैछु। केवल २ जनाको मात्रै वार्तालाप होस्। एक आपसमा मन माझौँ,’ उनले भनेका छन्, ‘मिल्दा पनि मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ। हाम्रा सन्तान इष्टमित्र सबैलाई आहट भएको छ। यसैमा दुवैको भलाइ छ र पार्टीको कल्याण पनि।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज