धनगढी : सामाजिक संजालमार्फत चरित्रहत्या गरेको र फेसबुक लाइभमा बसेर व्यक्तिको मान प्रतिष्ठामाथि प्रहार गरेको उजुरीपछि विभिन्न गतिविधि मार्फत चर्चामा आएकी विवादस्पद महिला रश्मिला धामी पक्राउ परेकी छन् ।
पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन)को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
यस अघि पक्राउ परेपछि काठमाडौ जिल्ला अदालतको आदेसपत्र

साइबर ब्यूरो २६ को जाहेरीका आधारमा यसअघि मुद्दा चलेकोमा जिल्ला अदालत काठमाडौंले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद,३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो । सो फैसलाको पूर्ण पाठ नआउँदै रश्मिला धामीले सामाजिक संजालमार्फत पुनः आपत्तिजनक ढंगले चरित्रहत्या गरेको भिडिओ तथा अन्य प्रमाणसहित जाहेरी परेको थियो ।
अदालतको सजाय भुक्तान नहुँदै यसअघिको मुद्दाको भन्दा पनि आपत्तिजनक र साइबर अपराध आकर्षित हुने कसूर गरेको पाइएपछि उनीलाई फेरि मुद्दा चलाइने भएको हो । साईबर ब्यूरोका अनुसार अहिले धामीलाई पक्राउ गरि सोधपुछमा राखिएको र थप प्रमाण भेट्टाए अदालतले सोही प्रमाण अनुसार कारागार चलान गर्न सक्ने बताएको छ ।
धामीले यसअघि अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमविरुद्ध पनि बिभिन्न झुटा आरोप लागाउदै अपराधिक लाभ लिएको भन्ने जाहेरी दिएको समेत पाइएको छ । उनीमाथि विभिन्न पुरुषलाई मागेजति रकम नदिए बलात्कारको जाहेरी दिन्छु,बदनाम गर्छु भन्दै गरेका मेसेज र अन्य प्रमाणहरु समेत संकलन गरिएको छ ।

