Advertisement

भ्रष्टाचार गरेको आफैबाट खुलासा गर्ने वनका हाकिम भट्टलाई मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवाले किन च्यापे काखी ?

Advertisement

विभागिय मन्त्रीलाई अश्लिल गाली बेईज्जती गर्ने र मातहतका कार्यालयबाट घुस रकम आएको आफैले भिडियो मार्फत बोलेपछि विवादमा तानिएका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ ।

विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट अवैध रकम असुली गरेको भिडिओ सार्वजनिक भएका वन निर्देशक भट्टलाई मन्त्रालय तानिएको हो । केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका वन कार्यालयबाट पैसा उठाएको कुरा बोक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।
जबकी उनलाई कसैले आरोप नभई स्वयम आफैले मातहतका कार्यालयबाट रकम आएको आउन बाँकी रहेको विषय आफ्नै मुखबाट खुलासा गरेका थिए ।
वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरेका छन ।

वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा समेत छानविन भइरहेको जनाएको छ। यस्तै, भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले पनि उनीसँग सोधपुछ गरेको छ।

तर सोधपुछमा भट्टले अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिएका छन । उक्त अडियोको ल्याब परीक्षणका लागि उनले इन्कार गरेका छन । जबकी अरुले नै बोलेको भए उक्त भिडियो बारे आफुले ल्याब परीक्षण गर्न किन ? डराउनुपर्ने भन्दै उनीमाथि नैतिक प्रशन उठेको छ ।

सार्वजनिक लेखा उपसमितिले भने भट्टमाथि छानबिन सकेर प्रतिवेदन लेख्ने काम भइरहेको जनाएको छ। उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भट्टमाथि छानबिन थालेको छ।

अख्तियारको कार्यालयले भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम तोेकेरै उठाएको बताएको भिडिओ सार्वजनिक भएपछि भट्टमाथि छानबिन अघि बढाइएको जनाएको छ। अख्तियार महेन्द्रनगरका प्रमुख आशमान तामाङले भट्टमाथि छानबिन भइरहेको जानकारी बताए । यसरी मातहतका कार्यालयबाट रकम लिएको विषय आफैले बोलेपछि अब अख्तियारले भ्रष्ट कर्मचारीलाई बचाउने वा कार्बाही गर्नेमा कसरी जाने बारेमा नागरिकले चासोका रुपमा हेरेको बुझिन्छ ।

नेपाली कांग्रेस निकट मानिने भट्टको निमित्त निर्देशक बन्ने चाहाना पूूरा गर्न मुख्यमन्त्री कमलबहादुुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको जोडबलमा तत्तकालिन हेमराज विष्टको मन्त्रालयमा सरुवा गरिएको थियो। विष्टको सरुवा भएपनि उनी अहिले वन निर्देशनालयको निर्देशककै रुपमा काम गरिरहेका छन ।

यसरी खुलेयाम सार्वजनिक पद धारण गरेका भट्टले मन्त्रीलाई गालीबेईजती गर्नेदेखि मातहतका कार्यालयमा रकम अशुल्ने गरेको धन्दामा अख्तियारदेखि राजनीतिक तथा प्रशासनिक उच्च निकास आफ्नै गल्तीमुठ्ठीमा भएको र उनीहरुलाई किनिदिने धने घुर्की लगाउन थालेपछि सच्चा राष्ट्रसेवक कर्मचारी लज्जित भएका छन ।

भ्रष्टाचार गरेको आफैले स्वीकार गर्दा समेत भट्टले फेरी वन निर्देशक भएर सुपको वन फडानीदेखि काठ तस्करसंग मिलेर वन सखाप पार्ने, प्रदेश सरकारकै बेईजती गर्ने जस्ता काममा लिप्त हुँदा समेत प्रदेश सरकार नै भ्रष्ट कर्मचारीलाई फेरी वनकै बागडोर दिए सिङ्गो उपभोक्ता प्रदेश सरकार बिरुद्धमा जाने चेतावनी दिएका छन । संरक्षणकर्मीले यसरी मातहतका कार्यालयबाट अवैध रकम अशुल्नेबाट वन सरक्षण नहुने चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज