Advertisement

भ्रष्टाचार गरेको आफैबाट खुलासा गर्ने वनका हाकिम भट्टलाई मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवाले किन च्यापे काखी ?

Advertisement

विभागिय मन्त्रीलाई अश्लिल गाली बेईज्जती गर्ने र मातहतका कार्यालयबाट घुस रकम आएको आफैले भिडियो मार्फत बोलेपछि विवादमा तानिएका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ ।

विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट अवैध रकम असुली गरेको भिडिओ सार्वजनिक भएका वन निर्देशक भट्टलाई मन्त्रालय तानिएको हो । केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका वन कार्यालयबाट पैसा उठाएको कुरा बोक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।
जबकी उनलाई कसैले आरोप नभई स्वयम आफैले मातहतका कार्यालयबाट रकम आएको आउन बाँकी रहेको विषय आफ्नै मुखबाट खुलासा गरेका थिए ।
वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरेका छन ।

वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालयबाट रकम उठाउने गरेको कुरा बोलेको भिडिओ र अडियोका सम्बन्धमा समेत छानविन भइरहेको जनाएको छ। यस्तै, भट्टको सम्बन्धमा छानबिन गर्न गठित प्रदेशसभाको सार्वजनिक लेखा उपसमितिले पनि उनीसँग सोधपुछ गरेको छ।

तर सोधपुछमा भट्टले अडियो र भिडियोमा भएको आवाज आफ्नो नभएको भन्दै इन्कारी बयान दिएका छन । उक्त अडियोको ल्याब परीक्षणका लागि उनले इन्कार गरेका छन । जबकी अरुले नै बोलेको भए उक्त भिडियो बारे आफुले ल्याब परीक्षण गर्न किन ? डराउनुपर्ने भन्दै उनीमाथि नैतिक प्रशन उठेको छ ।

सार्वजनिक लेखा उपसमितिले भने भट्टमाथि छानबिन सकेर प्रतिवेदन लेख्ने काम भइरहेको जनाएको छ। उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भट्टमाथि छानबिन थालेको छ।

अख्तियारको कार्यालयले भट्टले मातहतका डिभिजन वन कार्यालयबाट रकम तोेकेरै उठाएको बताएको भिडिओ सार्वजनिक भएपछि भट्टमाथि छानबिन अघि बढाइएको जनाएको छ। अख्तियार महेन्द्रनगरका प्रमुख आशमान तामाङले भट्टमाथि छानबिन भइरहेको जानकारी बताए । यसरी मातहतका कार्यालयबाट रकम लिएको विषय आफैले बोलेपछि अब अख्तियारले भ्रष्ट कर्मचारीलाई बचाउने वा कार्बाही गर्नेमा कसरी जाने बारेमा नागरिकले चासोका रुपमा हेरेको बुझिन्छ ।

नेपाली कांग्रेस निकट मानिने भट्टको निमित्त निर्देशक बन्ने चाहाना पूूरा गर्न मुख्यमन्त्री कमलबहादुुर शाह र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाको जोडबलमा तत्तकालिन हेमराज विष्टको मन्त्रालयमा सरुवा गरिएको थियो। विष्टको सरुवा भएपनि उनी अहिले वन निर्देशनालयको निर्देशककै रुपमा काम गरिरहेका छन ।

यसरी खुलेयाम सार्वजनिक पद धारण गरेका भट्टले मन्त्रीलाई गालीबेईजती गर्नेदेखि मातहतका कार्यालयमा रकम अशुल्ने गरेको धन्दामा अख्तियारदेखि राजनीतिक तथा प्रशासनिक उच्च निकास आफ्नै गल्तीमुठ्ठीमा भएको र उनीहरुलाई किनिदिने धने घुर्की लगाउन थालेपछि सच्चा राष्ट्रसेवक कर्मचारी लज्जित भएका छन ।

भ्रष्टाचार गरेको आफैले स्वीकार गर्दा समेत भट्टले फेरी वन निर्देशक भएर सुपको वन फडानीदेखि काठ तस्करसंग मिलेर वन सखाप पार्ने, प्रदेश सरकारकै बेईजती गर्ने जस्ता काममा लिप्त हुँदा समेत प्रदेश सरकार नै भ्रष्ट कर्मचारीलाई फेरी वनकै बागडोर दिए सिङ्गो उपभोक्ता प्रदेश सरकार बिरुद्धमा जाने चेतावनी दिएका छन । संरक्षणकर्मीले यसरी मातहतका कार्यालयबाट अवैध रकम अशुल्नेबाट वन सरक्षण नहुने चिन्ता व्यक्त गरेका छन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

अपिहिमालको भट्टार पहिरो : राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि प्रदेश सरकारसँग सहयोग माग

धनगढी- दार्चुलाको अपिहिमाल गाउँपालिका-१ भट्टार बस्तीमा गएको पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको ...
बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

बझाङको थलिनौबिस क्षेत्रमा बिर्सती मेलाको रौनक, खेलकुदसँगै देउडा र राष्ट्रिय कलाकारको प्रस्तुति

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका- ६ र दुर्गाथली गाउँपालिका-५ र ७ को मध्यबिन्दुमा लाग्ने ऐतिहासिक तथा धार्मिक बिर्सती मेलाको र...
सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

सुदूरपश्चिममा गौरा पर्वको उल्लास, आज अठवाली मनाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशमा परम्परागत तथा सांस्कृतिक पर्व गौरा मनाउने क्रम जारी छ। गौरा पर्वको मुख्य दिन मानिने अठवाली अर्थात् अष्...
गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

गौरीगङ्गा नगरपालिकाले रसुवाका विपद् प्रभावितका लागि ३८ लाख रुपैयाँ सहयोग गर्ने

कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज