Advertisement

बैतडीको कुल्लेककोट दरबार संरक्षणको पर्खाइमा

Advertisement

बैतडी – कुनै बेला सामाजिक न्याय-अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबार संरक्षण नहुँदा यहाँ रहेका ऐतिहासिक शिलालेख र मूर्तिहरू डाँडामा अलपत्र परेका छन् । 

कोट भत्केर ढुङ्गा छरपस्ट भएका छन् भने नजिकै रहेको कुवा पुरिन थालेको छ।

दशरथचन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार बाह्रौँ शताब्दीअघि निर्माण भएको अभिलेख भेटिन्छन्। 

दशरथचन्द नगरपालिका–४, कुल्लेककोटबाट दक्षिणतिर ग्वाल्लेक धुरा (अग्लो डाँडा)मा धज्या ढुङ्गा रहेको छ। तत्कालीन समयमा गाउँमा आक्रमण गर्न कटक पसे सो धज्या ढुङ्गाबाट कुल्लेककोट दरबारमा स्थानीय भाषामा ‘धदिउन्या’ (चर्को स्वर निकालेर जानकारी गराउने) चलन रहेको स्थानीयवासीले बताएका छन्। 

ग्वाल्लेक क्षेत्रमा अहिले पनि धज्या ढुङ्गालाई अन्यायका बेला बोल्ने ढुङ्गाका रूपमा पूजा हुने गरेको स्थानीय हरिदत्त जोशीले बताउनुभयो । 

ग्वाल्लेकको धज्या ढुङ्गा र कुल्लेककोट दरबारबीच ऐतिहासिक सम्बन्ध रहेका थुप्रै तथ्य र प्रमाण भएकाले ऐतिहासिक वस्तु शिलालेख, पुरातात्त्विक मूर्तिको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

कुल्लेककोटमा रहेका ऐतिहासिक वस्तुको संरक्षण हुन नसके मूर्तिहरू चोरी हुन सक्ने खतरा रहेको स्थानीय धार्मिक युवा क्लबका अध्यक्ष उद्धव मार्कण्डले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्थानीय  रेखदेख गर्दै आएका छन्। ऐतिहासिक वस्तुको संरक्षण राज्यले नै गर्नुपर्छ।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज