
धनगढी – धनगढीको सिटी स्कुलले १२औं वार्षिकोत्सव मनाएको छ ।
धनगढी ३ बिशालनगरमा रहेकाे सिटी स्कुलले शनिबार १२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हाे ।
विद्यालयका अध्यक्ष त्रीविक्रम अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा नास्ट कलेजका क्याम्पस प्रमुख सन्तोष मुड्भरीको प्रमुख आतिथ्यता रहेको थियो ।
हाल निजि क्षेत्रमा देशभर ३० लाख विद्यार्थी र ६ लाख शिक्षक शिक्षिकाले रोजगारीको अवसर पाएको छ भने सरकारको वार्षिक ६ अर्ब बराबरको लगानी निजि स्कुलले बचाएको प्रमुख अतिथि मुड्भरीले बताए ।
अहिले जताततै विद्यार्थीलाई नकारात्मक क्षेत्रमा लाग्न प्रेरित भइरहेकोे देखिरहेकाले स्कुलमा शिक्षक/शिक्षिका र घरमा अभिभावकले विद्यार्थीलाई निगरानी राख्नुपर्ने उनले बताए ।
समारोहमा विद्यार्थीका नृत्य, गायन लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरिएको छ ।


