Advertisement

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन

Advertisement

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको छ । 

प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

मुख्यमन्त्री शाहले हाल सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका छन् भने प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा पाएका छन् ।

साथै शिवराज भट्टले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, र रामेश्वर चौधरीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मा पाएका छन् । 

साथै, खुशीराम चौधरी विनाविभागीय र इन्दिरा गिरी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्री भएकी छन् ।

प्रदेश प्रमुखको कार्यालय धनगढीमा प्रदेश प्रमुख जोशीले नवनियुक्त आर्थिक मामिलामन्त्री घनश्याम चौधरी, विनाविभागीयमन्त्री खुशीराम चौधरी र भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा गिरीलाई लाई पद तथा गोपनीयताको शपथ गराए ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने थप सदस्यलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयमा पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारलाई बहुमत सिद्ध गर्न प्रदेशसभामा रहेका सबै दलसँग संवाद छलफल गरिरहेको बताए ।

कूल ५३ सदस्यीय प्रदेशमा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित ११, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का चार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक र एक स्वतन्त्र सदस्य छन् । 

नेपाली कांग्रेसबाट बझाङ जिल्ला प्रदेशसभामा निर्वाचित पृथ्वीबबहादुर सिंहको केही महिनाअघि गाडी दुर्घटनामा निधन भएपछि प्रदेशसभाको एक स्थान रिक्त छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज