Advertisement

सुदूरपश्चिम प्रदेशका सभामुख भण्डारीद्वारा कामना टेलिभिजनको कार्यालय उद्घाटन

Advertisement

कैलाली : कैलालीको धनगढीमा कामना टेलिभिजनको कार्यालय उद्घाटन गरिएको छ । शनिबार सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीद्वारा एक ओैपचारिक कार्यक्रमका बिच डिजिटल अनलाइन टेलिभिजनको उद्घाटन गरिएको हो ।

विगत एक वर्ष देखि “सधैं सत्यसँग नजिक रहेर” भन्ने मुल भनाइका साथ सञ्चालित डिजिटल अनलाइन टेलिभिजनको शनिबार भव्य कार्यक्रमका साथ धनगढी उपमहानगरपालिका – २ सन्तोषी टोलमा कार्यालय उद्घाटन गरिएको सञ्चालक बचनराज जोशीले बताउनुभयो । कैलालीमा प्रादेशिक कार्यालय रहको अनलाइन टेलिभिजनको केही समयमै बझाङमा समेत सम्पर्क कार्यालय राखिने सञ्चालक जोशीले बताउनुभयो । आफुले टेलिभिजन स्थापनाकाल देखि नै पत्रकारीताको आचारसंहिता पालना गरेर हरेक विषयमा खबरदारी गरिरहेको बताउदै आगामी दिनहरूमा पनि विशेषतः भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा ब‍ोल्दै उद्घाटन समारोहका प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीले पछिल्लो समय सञ्चार क्षेत्रमा नयाँ नयाँ अनलाइन माध्यमहरु स्थापित हुनु खुशीको कुरा रहेको बताउनुभयो । उहाँले सबै सञ्चारमाध्यमले सत्यतथ्य समाचार र जानकारी दिनुपर्ने भएपनि कतिपय मिडियाहरु पत्रकारीताको नियम बाहिर गइरहेको र त्यसबाट समग्र सञ्चार क्षेत्रमा विश्वसनीयता घट्दै गएको बताउनुभयो । सभामुख भण्डारीले सञ्चार माध्यमहरु निष्पक्ष हुन सके मात्रै सुशासन कायम हुने बताउदै कामना टेलिभिजनले पनि सत्यतथ्य कुराहरुलाई प्राथमिकता दिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले पनि टेलिभिजन सफलताको कामना व्यक्त गर्नुभयो ।

टेलिभिजनका सञ्चालक एवं अध्यक्ष बचनराज जोशीको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन समारोहमा सभामुख भिम भण्डारी प्रमुख अतिथि रहनुभएको थियोे । विशिष्ट अतिथिमा सामाजिक विकास मन्त्री झपट साउँद र जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी कुलदिप चन्द रहनुभएको थियोे । अतिथिमा पत्रकार महासंघका प्रदेश अध्यक्ष योगेश रावल, सचिव हरि जोशी, पुर्व अध्यक्ष अर्जुन शाह, टेलिभिजनका सम्पादक महा ओमराज जोशी, बझाङ संवाददाता उत्तम कुमार थापा लगाएत पत्रकारहरु रहनुभएको थियोे ।

कार्यक्रममा सफल युवा व्यवसायी शैलेस सिंह, रुमिना फार्मेशि सचाँलक तथा फार्मेशि संघ सचिब राम धामी, प्रहरी निरिक्षक जनक ढुङ्गाना लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रम सञ्चालन भने अमृत पाण्डेले गर्नुभएको थियोे ।उद्घाटन समारोहका केही तस्बिरहरू

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज