
धनगढी – धनगढीको ऐश्वर्य विद्या निकेतनको ४७औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवशरमा युवा जुनियर रेडक्रस सर्कलद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा कक्षा ११ र १२मा अध्ययनरत विद्यार्थीहरु तथा शिक्षक कर्मचारीहरुले रक्तदान गरेका छन् ।
विद्यालय तहमा समय समयमा आयोजना गरिने यस्ता कार्यक्रमहरुले यूवा विद्यार्थीहरुमा रक्तदान सम्बन्धी जनचेतना जगाउनुका साथै सामाजिक भावना समेत जगाउने कुरा रेडक्रसकर्मी सोनिका बखरीयाले बताइन् ।
सप्ताहव्यापी खेलकुद कार्यक्रम समापनसंगै आयोजना गरिने अभिभावक दिवशको पूर्व सन्ध्यामा रक्तदान आयोजना गरेर ऐश्वर्य युवा जुनियर सर्कलले सामाजिक उत्तरदायित्व निर्वाह गरेको भन्दै विद्यालयका प्राचार्य प्रेमनिधि ओझाले युवाहरुको प्रशंसा गरेका छन् ।
युवा रेडक्रस सर्कलका सभापती कमल खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जम्मा २१ जनाले रक्तदान गरेका छन् ।

