
गौरीगंगा – बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ घर भएका नेत्रप्रसाद अधिकारी मिर्गौला पीडित छन् ।
घरको कमजोर आर्थिक अवस्थाका कारण ऊनी हाल रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण उनले दुई वर्ष अगाडि कामना टेलिभिजनका संवाददाता हिमाल साउदलाई सहयोगका लागि अपिल गरेका थिए ।
त्यो बेला कामनाकर्मी साउदको सहकार्यमा सुदूरपश्चिमेली नेपाली समाजले दुई महिना खादन्न र थप उपचार को लागि केही नगद हस्तान्तरण गरिएको थियो ।
उक्त रकमले प्रत्येक हप्तामा हुने डाइलेसिस गर्न नपुग्ने र श्रीमतीको कमाइमा खान मात्र ठिक हुन थालेपछि उनले फेरि सयोग अपिल गर्दा प्रेम सिङको संयोजकत्वमा ९ जना को सहयोग संकलन समिती बनाई दुई महिना आर्थिक सहयोग अभियान चलाइएको थियो ।
उक्त अभियानमा ध्वज बहादुर खाती, लक्ष्मण धामी, दिपक कडायत, मोति बहादुर बोहरा, धन बहादुर बिक, मोति मज्दकोटी , भरत बोहरा र शेर बहादुर रावतले दुई महिनामा भारतीय रकम ८७ हजार आठ सय ८७ अर्थात नेपाली एक लाख ४० हजार छ सय १९ नगद मिर्गौला पीडित अधिकारीकै हातमा हस्तान्तरण गरेका छन् ।


