Advertisement

एक जना विद्यार्थी ६ जना शिक्षक

Advertisement

गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भन्ने मुल नारालाई नेपाल सरकारले प्राथमिकता दिएको छ ।

उता सरकारकाे नारा भने कतिपय सरकारी विद्यालयहरुका लागि लाजमर्दो देखिन थालेको छ । सरकार नारामा सिमित हाे ? देश सँघिय सग्रचनामा गए सँगै केन्द्रीय सरकार प्रदेश सरकार र स्थानीय सरकार सञ्चालनमा देखिन्छन् ।

तिनै तहका सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । उता सरकारका नारा यता विद्यार्थीहरु निजी विद्यालयमा जा जा भने जस्तै भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको छविस पाथिभेरा गाउँपालीका वडा नम्बर १ काे कापडी गाउँमा कामना टेलिभिजनकाे टाेली पुग्याे । सडक रिपोर्टिङकाे क्रममा पत्रकार गाउँमा पुगेकाे थाहाँ पाएपछि स्थानीयहरुले हाम्रो गाउँमा गाडी पुगेको छ । कुन ठाउँमा राेक्नु भाे गाडी भन्दै ब्याङ्या हान्न थाले मुसुक्क हास्दै पत्रकार बचनराज जाेशीले यसै तपाईंको बिच गाउँमा भन्नू भयाे ।

शुक्रबारकाे दिन थियाे,सडक रिपोर्टिङमा पुगेको पत्रकारको टाेलीलाई नजिकै रहेको विद्यालयमा पुग्न मन लागेको थियाे । विद्यालयमा जाने निर्णय गरे सँगै हामी पत्रकार बचनराज जाेशी म र सुरेन्द्र खत्री गाउँ नजिकै रहेको कालिका आधारभूत विद्यालयमा पुग्यौं । हामी स्कुलमा पुग्दा १०:२६ बजेको थियाे । तर विद्यार्थीहरु भलिबल खेल्दै थिए । भलिबल खेल्दै गर्दा, हामी देखेपछि विद्यार्थीहरुले निरन्तर विद्यालयमा पुगेपछि लाईनमा बसेर पिटि खेल्दै राष्ट्रिय गान सुरु गरे । लाईनमा जम्मा १५ जना विद्यार्थी थिए । हाहि अचम्म भयाै यत्राे विद्यालयमा जम्मा १५ जना बिद्यार्थी भन्दै मुखामुख गरेकाे थियौं ।

कपडी गाउँमा रहेको कालिका आधारभुत विद्यालय कक्षा १ देखि ८ सम्म पढाइ हुने गरेको पाईन्छ । कक्षा एक देखि आठ कक्षा सम्म जम्मा विद्यार्थी सँख्या २० जना दैनिकी उपस्थिति हुने गरेका रहेछन भने कहिलेकाही ४/५ जना मात्र उपस्थिति हुने गरेको एक शिक्षकले बताउनु भयाे । तर त्याे दिन १५ जना मात्र उपस्थिति रहेका थिए ।

हामी विद्यालय पुगेपछि त्यस विद्यालयका प्रधानाध्यापक धनपती जाेशी सँग भेटघाट भयाे । नामका धनपती भए पनि उनी पढाउने विद्यालयमा भने विद्यार्थी सँख्या न्यून रहेको छ । हामी कालिका आधारभूत विद्यालयमा पुग्दा कक्षा १ मा एक जना विद्यार्थी उपस्थिति थिएन ,कक्षा दुईमा २ जना विद्यार्थी थिए कक्षा ३ मा जम्मा २ जना विद्यार्थी रहेछन त्याे दिन एक जना मात्र उपस्थित थिए । कक्षा पाचमा ३ जना उपस्थित थिए कक्षा ६ मा एक जना विद्यार्थी पनि थिएन । कक्षा ७ मा १ जना छात्रा विद्यार्थी मात्र थिए कक्षा ८ मा जम्म ८ जना विद्यार्थी रहेको बताए पनि ५ जना विद्यार्थीकाे उपस्थिति रहेकाे थियाे ।

निकै दुखका साथ भन्नू पर्दा कक्षा ७ मा १ जना विद्यार्थी विद्यालयमा निरन्तर आउने गरेको विद्यार्थी छात्राकाे भनाइ थियाे । उनी आखामा आँसु झार्दै भन्नु हुन्थ्यो म एक मात्र छु । अरु साथिहरु काेहि छैन । कलासमा अन्य साथिहरु काेहि नहुदा निरासा हुन्छु । आफै आँसु निकालछु आफै दिक्क मान्छु । केही ज्ञान साटासाट गर्नलाई पनि एक जना साथि छैन । यत्राे समय म एक्लै छु भन्नू भयाे । त्यसै कक्षा ३ मा एक छात्रा उपस्थिति रहेकी छिन । उनलाई एक शिक्षिकाले पढाइ रहनु भएको थियाे ।

कक्षामा दैनिकी २ जना हुने गरेकाे भएता पनि शुक्रबार भने एक्लै रहेकी उनले आखाभरि आँसु बनाउनु भयाे । यता प्रधानाध्यापक धनपती जाेशीले झुट बाेलेता पनि बिद्यार्थीहरुले भने सत्यतथ्य बाेलेकाेमा प्र अ पनि हामी सामु झुकेका हुन । यता प्रधानाध्यापकले स्कुलमा ८४ जना रहेकाे बताए पनि हाजिरी फर्जी गर्ने गरेको र यता स्कुलमा पढ्ने बिद्यार्थी छैनन । तर हाजिरीमा नाम भने देखिन्छ ।

यस गाउँमा आपसी दन्दका कारण अहिलेसम्म सडक सञ्जाल पनि छैन । विद्यालयमा सरकारकाे लगानी ठुला ठुला भवन विद्यार्थी छैनन । सरकारी स्कुलले शिक्षाकाे गुणस्तर खस्किदा विद्यार्थी बाहिरी पढ्नु पर्ने बाध्यता रहेको एक स्थानीयले बताएका छन । कापडी गाउँका अधिकाङ्स विद्यार्थीहरु एक / एक घण्टा हिडेरै गाउँबाहिकाे स्कुलमा पढ्न जान्छन तर नजिकै गाउँकाे विद्यालयमा पढ्दैनन । स्कुलमा ६ जना शिक्षक १५ जना विद्यार्थी कक्षा ७ मा एक जना विद्यार्थी स्कुलमा विद्यार्थी छैनन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज