Advertisement

रुपालको अशिग्राम माविमा पनेरूको सहकार्यमा साउण्ड सिस्टम हस्तान्तरण 

Advertisement

धनगढी – डडेल्धुराको भागेश्वर गाउँपालिका-२, रुपालमा रहेको अशिग्राम माध्यमिक विद्यालयलाई गुणस्तरीय साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ ।

अशिग्राम माविका पूर्व छात्र तथा समाजसेवी सिद्धराज पनेरूले विद्यालयबाट अख्तियारि लिई चन्दा संकलन गरेर आइतबार डिजिटल साउण्ड सिस्टम सेट र विद्युतिय घण्टी विद्यालयलाई हस्तान्तरण गरेका हुन् । 

उक्त साउण्ड सिस्टमका लागि समाजसेवी पनेरूले सामाजिक सञ्जालमार्फत विद्यालयका लागि चलाएको ‘साउण्ड सिस्टम र शैक्षिक सामग्री सहयोग संकलन अभियान’मा विभिन्न सहयोगी व्यक्तिहरुबाट एक लाख ५९ हजार छ सय ६७ रकम बराबरको उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रबहादुर पाण्डेले बताए ।

उक्त रकमबाट साउण्ड सिस्टम लगायतका सामग्रीहरु खरिद गरी विद्यालयलाई हस्तान्तरण भइ सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको प्रधानाध्यापक पाण्डेले जानकारी गराएका छन् । उक्त अभियानमा ७४ जना सहयोगीले सहयोग गरेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी भारतीको अध्यक्षतामा भएको हस्तान्तरण समारोहमा भागेश्वर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उपेन्द्र जोराको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका शिक्षक दौलत टमटाले सञ्चालन गरेको उक्त हस्तान्तरण समारोहमा पूर्व प्रधानाध्यापक तारी सिंह जोराले सम्पूर्ण सहयोगी दाताहरूको नाम वाचन गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र बहादुर पाण्डे, प्रमुख अतिथि उपेन्द्र जोरा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी भारतीले समाजसेवी पनेरूलाई सहयोगलाई धन्यवाद व्यक्त गरेका छन् ।

कार्यक्रममा अभियानकर्ता पनेरूले उक्त अभियानलाई सहयोग पुर्याउने सम्पूर्णलाई सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । त्यस्तै अगामी दिनमा पनि सम्पूर्णको साथ सहयोग रहने उनले बताए ।

विद्यालयका लागि सदैव सहयोग गरिरहने समाजसेवी सिद्धराज पनेरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

समाजसेवी पनेरुले यस अघि पनि स्कुलमा स्वर्गीय बुवा जगन्नाथ पनेरुको नाममा छात्रवृत्ति र आमा चन्द्रादेवि पनेरुको नामबाट चन्द्रादेवि  प्रतिभा पुरस्कार र अशिग्राम मावि रुपालमा आफ्नो परिवार को तर्फबाट स्वर्गीय बुवाको स्मृतिमा सरस्वती मन्दिर स्थापना गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज