Advertisement

कविता : लाल सलाम सर 

Advertisement

सर्जक : शान्ती प्रसाद जोशी ‘मुस्कान’, बैतडी

हाल, कैलाली

सानो घर सुखी परिवार आँगनमा पुग्यो एक हुल 

टाउकोमा चट्ट रातो रिबन काँधमा लामो राइफल

म सोचिरहे को होलान् त्यतिकैमा आफू बसेको ठाउँबाट

बा चट्ट उठे नजिकै गए र  बोले सलाम सर !

म डरै डरले बाउको छेउमा गए। बाको खुट्टा समात्दै रुन थाले।

बाले थम थम्याउँदै भन्नुभयो बाबु क्रान्ति गर्नुछ

बाको टाउकोमा रातो रिबन बाँधियो

काँधमा राइफल भिराइयो 

हातमा झन्डा समाउँदै खुट्टा बजार्दै

बाउ बोले सलाम सर!

पहिला आँगनमा उक्लेका 

रिबन टाउकोमा बाँधेका 

राइफल काँधमा भिरेका

सलाम सर जस्तै देखिए मेरा बाउ पनि। 

एकैछिनको मौनतापछि सबै एकै ठाउँमा उभिए उनी एकजना बाहेक 

जो सबैभन्दा अगाडि उभिए र सबैले खुट्टा बजार्दै 

एकै आवाज आयो सलाम सर !!

म पाँच वर्षको बामे सर्दै गरेको बालक मनमनै कल्पना गरिरहे 

के हो ?? सलाम सर सोचे ठूलो मान्छे हो कि  होइन

अझ त्यो भन्दा पनि ठूलो मान्छे हो कि 

फेरि बाले भनेको सम्झिए तैले ठूलो भएपछि डाक्टर बनिस भने

तलाई सबैले सर भन्नेछन् यतिकैमा बाको हात टाउकोमा पर्यो 

म झसङ्ग भए एक्कासी आतिए र बोले सलाम सर !!!

बुवाले मलाई छातीमा टाँस्नुभयो र टाउको मुसार्नुभयो 

अनि निधारमा चुम्नुभयो भन्नुभयो व्यवस्था परिवर्तन गर्छु। 

देशको वर्तमान अवस्था सुधार्छु अनि लाटा 

तलाई डाक्टर बनाउने सपना पूरा गर्छु 

बा मेरो टाउको मुसार्दै थिए। मेरो मन 

बेताले घुमिरहेको थियो मनमा खेलिरहेको थियो

के रहेछ यो सलाम सर!!!!

बाले भुइँमा बसाले र भने सपना किनेर ल्याउँछु 

आज दुःख गर्छु। पछि अवश्य खुसी पाउँछु।

अरु दिन हजारौं ठाउँ पुग्ने मेरो मन

त्यो दिन सोचिरहे कति पढेपछि म पनि यस्तै बन्छु। 

जस्तै अहिले आएका यी छन् सलाम सर !!!!

सलाम सर सलाम सर सलाम सर गर्दागर्दै

१० पास गरे १२ पास गर्दासम्म पनि केही पत्तै भएन

के रहेछ सलाम सर १९ वर्ष पुग्दासम्म न त 

बा फर्किए न त बाले देखेको सपना डाक्टर नै

तर आजकाल त्यही सलाम सरको अगाडि 

लाल जोडेर सबैले मेरै अगाडि भन्छन् लाल सलाम सर

यसरी १९ वर्षसम्म बुवा बेपत्ताको सूचीमा छन्। 

आमा उपचार नपाएर माथि…

म भने भौतारिँदै ठोक्किँदै चोट गाली आँसु खाँदै

अब यहाँ छु पहिलेको बाउले बोलेको सलाम सरको अगाडि

लाल लागेर होला गर्वका साथ बाको पुरानो

तस्बिरका अगाडि खुट्टा बजार्दै भन्ने गर्छु

        लाल सलाम सर!!!!!!!

बा हजुरले सुरु गरेको सलामको अगाडि

हजुरको रगत जोडेर लाल सलाम बनाई

कसले कति कमाई खाए कमाउने भाँडो बनाए कतिले लुट्ने माध्यम बनाए तर मैले तिनै शब्द जोडेर एउटा गद्यांश बनाए

जुन पानामा हजुरको फोटो राखेर फेरि भनिरहनेछु 

लाल सलाम सर 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज