Advertisement

१४औं बझाङ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बुंगल नगरपालिकालाई

Advertisement

बझाङ : केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । यस वर्षको रनिङशिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको बुंगल नगरपालिका खेलकुद विकास समिती अध्यक्ष शेरबहादुर कुवँरले जानकारी दिनुभयो।

स्वर्ण पदकका लागि मोहित विकले एकसय मिटर, दुईसय मिटर दौड र त्रिपलजम्पमा योगदान दिए । यस्तै मञ्जु खडायतले छात्रातर्फको एक सय मिटरको छोटो दौड र छात्रातर्फकै लङजम्पमा स्वर्ण पदक दिलाइन् । सरिता ऐडीले छात्रातर्फका दुईसय मिटर दौड र चारसय मिटर दौडमा स्वर्ण प्राप्त गरिन् ।

निशा बोहराले १५ सय मिटरको लामो दौड र तीन हजार मिटरको लामो दौडमा स्वर्ण दिलाइन् । यस्तै अनिल धानुकले सटपट र बियाना बिकले ज्यावलिङ्गी थ्रो खेलमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

यस्तै रजत पदकका लागि सचिन कुवँरले रिले दौड र सरिता ऐडीले छात्रा तर्फको रिले दौडमा पदक जित हात पारेका हुन । प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेको थियो । त्यसैगरी केदारस्यूँ गाउँपालिकाले द्धितिय र जयपृथ्वी नगरपालिकाले हात पारेका छन् । 

१३ स्वर्ण, दुई रजतसहित १५ पदक हात पार्दै बुंगल नगरपालिकाले १४ राष्ट्रपति रनिङशिल्डको उपाधी हात पारेको हो । त्यसैगरी ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित केदारस्यूँ गाउपालिकाले १७ पदक हात पारेको छ । यता तृतिय स्थान हात पारेको जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ काँस्य सहित १४ पदक प्राप्त गरेको छ ।

चौथौं स्थान हात पारेको खप्तडछान्ना गाउँपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्यँसहित ८ पदक, थलारा गाउँपालिकाले १ स्वर्ण, ३ रजत गरी ४ पदक, छविसपाथिभेरा गाउँपालिकाले १ स्वर्ण, २ रजत र ८ काँस्य गरी ११ पदक हात पारेको छ ।

त्यसैगरी बित्थडचिर गाउँपालिकाले १ स्वर्ण, २ रजत र ३ काँस्यसहित ६ पदक, दुर्गाथली गाउँपालिकाले १ स्वर्ण, १ रजत र ५ काँस्यसहित ७ पदक, सुर्मा गाउँपालिकाले १ स्वर्ण, २ काँस्यसहित ३ पदक, तल्कोट गाउँपालिकाले २ रजत, मष्टा गाउँपालिकाले १ रजत र १ कास्यसहित २ पदक र साइपाल गाउँपालिकाले १ रजत प्राप्त गरेको जिल्ला खेलकुद समिती बझाङका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभयो ।

यही माघ २४ गतेदेखि केदारस्युँ गाउँपालिकाको झोतास्थित भैरव माविमा सञ्चालन भएको १४ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता आज समापन भएको हो । जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ । जिल्ला खेलकुद समितिको आयोजना र केदारस्युँ गाउँपालिकाको सहआयोजनाका प्रतियोगिता सञ्चालन भएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज