
धनगढी – धनगढी उपमहानगरपालिकामा एक युवक लागूऔषधसहित पक्राउ परेका छन् ।
धनगढी–८ धनगढीगाउँबाट ६५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थसहित सोही ठाँउका १९ वर्षीय आदित चौधरी बुधवार राती पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

