Advertisement

कैलालीमा ठेकेदारको लापरबाही : निर्माणको काम भताभुङ्ग

Advertisement

कैलाली – बनेको सडकको अढाई किलोमिटर कालोपत्रे गर्ने ठेक्का सम्झौताको तीन पटक म्याद थपिसक्दा पनि काम भने ३५ प्रतिशत मात्र भएको छ । 

निर्माण कम्पनीले लगातार काम नगर्दा सडक किनारमा बनाइएको नालीसमेत अहिले टुटफुट भएर भताभुङ्ग अवस्थामा छ । 

यो कुरो हो सुदूरपश्चिम प्रदेश गौरवकै आयोजनाको रूपमा अगाडि बढेको कैलालीको चौकीडाँडा–फल्टुडे सडक जिरो पाइन्टदेखि मालाखेती सेतो पुलसम्म कालोपत्रे गर्न कालिका कन्स्ट्रक्सनले लिएको निर्माण ठेक्का, एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालयमार्फत गोदावरीमा निर्माण गरिने ६ वटा सडकमा सो चौकीडाँडा–फल्टुडे सडकको जिरो पाइन्ट खण्ड निर्माणका लागि तीन पटक म्याद थपिसकिएको छ । 

सम्झौतामा एक वर्षभित्रै काम सम्पन्न गर्नेगरी २०७७ साउन २० गते ठेक्का लगाइएको थियो । सो सडक अगाडि बढाउने क्रममा मालाखेती सेतो पुलदेखि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौ १८ गते एडभेन्चर, थेगिङ, सनलाइट जेभीसँग अर्को ठेक्का सम्झौता गरेको थियो । 

गोदावरी नगरपालिका –१० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता गरिए पनि सो सडक पनि लथालिङ्ग छ । पाँच करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटक–पटक म्याद थप्दा पनि ठेकेदारले हालसम्म नाली निर्माणको काम पनि पूरा गर्न नसकेको स्थानीयको भनाइ छ ।  

यी दुई योजना लथालिङ्ग हुँदै गर्दा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न वडा १० को कार्यालयदेखि बान्द्रेखालसम्म ३ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको छ । २०७९ चैत १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि सो सडक पनि निर्माण अवधिमा सकिने छाँटछाँट छैन । 

उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवासँग पाँच करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका सञ्चालक दिलबहादुर ओलीले जेठसम्म कालोपत्रे सक्ने दाबी गर्नुभएको छ । यद्यपि, हाल सडकको ४० प्रतिशत पनि काम सकिएको छैन । 

चौकीडाँडा–फल्टुडे सडकमा यी तीनवटा योजनाले गति लिन नसक्दा हाल सङ्घीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरबाट थप ८ सय मिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेर काम अगाडि बढाइसकेको छ । बान्द्रेखालदेखि गौडीसम्मको सडकखण्डको यो काम भने सन्तोषजनक रहेको स्थानीय १२ नम्बर वडाका अध्यक्ष भीमबहादुर खड्काले बताए । 

उनले जिरो पाइन्टदेखि बान्द्रखालसम्मका तीन योजना भने लथालिङ्ग रहेको भए पनि बान्द्रेखालदेखि गौडीसम्मको सडकको काम भने सन्तोषजनक रहेको बताए । गोदावरी नगरपालिका ११ नम्बरका वडाध्यक्ष प्रेमसिंह बडैलाले पनि निर्माण कार्य अलपत्र छाडेर ठेकेदार बेपत्ता भएको बताएका छन् । 

सडक नबन्दा ओलानी क्षेत्रका जनताले सास्ती खेप्नुपरेको गुनासो गर्दै उनले भने, ‘यस क्षेत्रमा नेता नभएर हाेकि हामीलाई हेपेर हो । आएका योजना पनि वर्षौँसम्म अलपत्र छन् ।’ उनले थपे, ‘यहाँ ठेकेदारको चरम लापरबाहीका कारण समस्या भएको छ ।’ 

भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर जनक रोकायाले सडक निर्माणको काम सुस्त भएको बताए । उनले पनि ठेकेदारलाई काममा तीव्रता दिन घचघच्याइने काम भइरहेको बताए । गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज