Advertisement

क्षमता अभिवृद्धिका लागी सेती अस्पतालसँग सहकार्य गछौंः गैरआवासीय नेपाली संघ

Advertisement

धनगढी: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ ।

विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीले प्रविधि र विभिन्न कुरामा विशेषज्ञता हासिल गरेको जनाउँदै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले उनीहरुले हासिल गरेको विशेषज्ञताबारे जानकारीका लागि सहकार्य गर्ने बताउनुभयो । “यहाँ आएर उनीहरुले आफूले सिकेको प्रविधिबारे जानकारी गराउन सक्ने छन्” उहाँले भन्नुभयो ।

एनआरएनएले एक करोड २५ लाख रुपियाँ लागतमा अक्सिजन प्लान्ट स्थापना गरेर सेती प्रादेशिक अस्पताललाई आज हस्तान्तरण गरेको छ । अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको अध्यक्ष केसीले बताउनुभयो ।

कोरोना महामारीको दोस्रो तरङ्गका बेला अक्सिजन अभावमा कैयौं बिरामीको ज्यान गएपछि एनआरएनएले सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको घोषणा गरेको थियो ।

सो प्लान्टको बिहीबार सामाजिक विकासमन्त्री झपटबहादुर साउदले उद्घाटन गर्नुभयो । अक्सिजन स्थापनाका लागि एनआएरएनएबाट ठुलो सहयोग भएको भन्दै मन्त्री साउदले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सुदूरपश्चिमको स्वास्थ्यलाई सेती प्रादेशिक अस्पतालले थेगेको बताउनुभयो ।

मन्त्री साउदले प्रदेशको बेरोजगारी र गरिबी अन्त्यका लागि सुदूरपश्चिममा केही परियोजना सञ्चालन गर्न एनआरएनएलाई आग्रह गर्नुभएको छ । उहाँले सुदूरपश्चिममा जनशक्तिको अभाव नरहेको उल्लेख गर्नुहुँदै बेरोजगारी समस्याका कारण प्रदेशको श्रम भारत पलायन भइरहेको उल्लेख गर्नुभयो ।

एनआरएनएका अध्यक्ष केसीले अक्सिजन अभाव हुने समस्याको दीर्घकालीन समाधान अक्सिजन प्लान्ट रहेकाले त्यसका लागि आफ्नो संस्थाले सहयोग गरेको बताउनुभयो । कोरोना महामारीको बेला नेपाल सरकारलाई दुई हजार ५०० अक्सिजन कन्सनट्रेटरसमेत सहयोग गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसबाट धेरैको ज्यान जोगिएको धारणा राख्नुभयो ।

“हामी विश्वको विभिन्न देशमा छरिएर रहे पनि हाम्रा आमाबुबा, बालबच्चा नेपालमै छन् । त्यसैले नेपालको लागि केही गर्नुपर्छ भनेर नेपालीले नेपालीका लागि गरौं भन्ने भावनाका साथ सहयोग गरेका हौं” अध्यक्ष केसीले सेती प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि पनि सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

सेतीमा स्थापना भएको प्लान्टले एक घण्टामा आठ सिलिण्डर ग्यास भर्नेगरेको जनाइएको छ । कोरोना महामारीका बेला स्वास्थ्यकर्मीलेसमेत अक्सिजन पाउन नसकेको जनाउँदै सेती प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाहले अब अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले सेती प्रादेशिक अस्पतालले एनआरएनएबाट थप सहयोगको अपेक्षा गरेको चर्चा गर्नुभयो । प्रदेश आपूर्ति व्यवस्था केन्द्रका प्रमुख डा. निरज अर्यालले सेतीमा अक्सिजन प्लान्ट स्थापनाले ठुलो हौसला मिलेको बताउनुभयो । :- स्वास्थपेज

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज