Advertisement

केएमसीमा व्यक्तित्व विकास र सिर्जनात्मक लेखन सम्बन्धि कार्यशाला सम्पन्न

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा विद्यर्थी गुणस्तर समुहले आयोजाना गरेको सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला सम्पन्न भएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यर्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले विद्यार्थीहरुकै नेतृत्वमा गत साउन ३२ गते उक्त समुह गठन गरिएको थियो । 

त्यस यता असोज २५ गते विद्यार्थी गुणस्तर समुहको तर्फबाट अध्ययनसंगै उद्यम गरिरहेका विद्यार्थीहरुलाई हौसला बढाउन सम्मान गरियो । जसमा कैलाली बहुमुखी क्याम्पसका विभिन्न क्षेत्रमा स्वरोजगार १४ जना विद्यार्थीहरु सम्मानित भएका थिए । 

कानून संकायमा अध्ययनरत विद्यार्थी ओम प्रकाश वस्तीको संयोजकत्वमा रहेको यो समुहले यहि माघ ६ गते देखि ९ गते सम्म दोस्रो कार्यक्रम सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला आयोजना गरेकोहो ।

विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक सिपहरु सिकाउने उद्धेश्यले उक्त कार्यशालाको आयोजना गरिएको संयोजक वस्तीले बताए । “विभिन्न कार्यालय र क्याम्पसमै पनि औपचारिक चिठी वा निवेदन लेख्नु परे विद्यार्थीहरु अलमलमा पर्नुहुन्छ, नभए आफुभन्दा जान्ने व्यक्तिलाई गुहार्नु पर्ने अवस्था छ” उनले भने, “त्यति मात्र हैन शैक्षिक भ्रमणमा गईसकेपछि विद्यार्थीहरुले प्रतिवेदन तयार पार्ने संस्कार पनि कमै छ, अरुसंग लेखि माग्नुहुन्छ, यसै अवस्थालाई मध्यनजर गरेर हामीले क्षमता विकास सम्बन्धि यो कार्यशाला आयोजना गरेका हौँ”

प्रतिवेदन, प्रस्तावना, निवेदन लेखन, वाककला उद्घोषण जस्ता व्यवहारिक सिपहरु विकास गर्न विद्यार्थीहरु आफैले गतिशील हुनुपर्ने उनको भनाई छ । शैक्षिक गुणस्तर सुधारका लागि आगामी दिनमा पनि संकाय अनुसार आवश्यकताको आधारमा थप कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको उहाँले बताएका छन् ।

कार्यशालाको पहिलो दिन क्याम्पस प्राध्यापक संघ केएमसीका सभापति, सह–प्राध्यापक डा. शिव प्रसाद सापकोटाले प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धि (अंग्रेजी माध्यम)मा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले सिकाईलाई दिगो बनाउन खुल्ला र अन्तरक्रियात्मक शिक्षण शैलीको विकासमा जोड दिनुपर्ने उनको भनाई छ । 

जनशक्ति परिचालन, समुह व्यवस्थापन र लेखन सम्बन्धि कार्यशालामा सिकेका सिपहरु दैनिक जीवनमा उपयोगी हुने र सिकाईका क्रममा प्राध्यापक र विद्यार्थीबिचको मनोवैज्ञानिक दुरी कम गर्न मद्दत पुग्ने उनले बताए ।

त्यस्तै दोस्रो दिन नेपाली विषयका उप–प्राध्यापक वासुदेव बिष्टले नेपाली माध्यममा प्रतिवेदन, प्रस्तावना, चिठी, निवेदन, माईन्युट लेखन सम्बन्धि प्रशिक्षण दिएका छन् । 

तेस्रो दिन पहिलो सत्रमा अंग्रेजी विषयका उप–प्राध्यापक डा.मान बहादुर जोराले प्रस्तुतिकरण, त्यससम्बन्धि सिप र वायो–डाटा तयार पार्नेबारे प्रशिक्षण गराए । दोस्रो सत्रमा स्वतन्त्र विद्यार्थी युनियनका सचिव सन्तोष पन्तले वक्तव्य, मन्तव्य र यसका प्रकार तथा सिपहरुबारे प्रशिक्षण दिएका थिए ।

चौथो दिन उद्घोषण र वाक–कला सम्बन्धि प्रशिक्षक प्रेम चन्दले प्रशिक्षण गराए । उक्त कार्यशालामा सिर्जनात्मक लेखन सम्बन्धि सिप सिकेको मात्र नभएर व्यक्त गर्ने तरिकाहरुबारे स्पष्ट हुने मौका पनि पाएको विद्यार्थी कुवेरराज जैशीले बताउँछन् । त्यस्तै अर्की विद्यार्थी पूजा शाहले आफु भित्रको प्रतिभा प्रष्फुटन गर्ने र निखार्ने अवसर पाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यक्ता रहेको बताइन् ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष याराज जोशी सिर्जनात्मकता र रचनात्मक ज्ञान निर्माणका लागि उक्त कार्यशाला एकदमै उपयोगी भएको बताउँछन् । आगामी दिनमा योजनावद्ध ढङ्गले यस्ता व्यवहारिक र आवश्यक कार्यक्रमहरु आयोजनाका लागि स्ववियुका तर्फबाट पनि पहल चाल्ने उनले बताए । 

स्ववियुले क्याम्पसमा शिक्षासंगै सिप र शिक्षासंगै संस्कार अभियान चलाईरहेको छ । विद्यार्थीहरुलाई स्वरोजगार बनाउन र क्याम्पसमा व्यवसायिक जनशक्तिको उत्पादन गर्न ईन्क्युवेसन सेन्टर स्थापना गरिएको छ । जसमार्फत नयाँ उद्यम गर्न चाहाने विद्यार्थीहरुको आर्थिक आवश्यक्ता पुर्ति गर्न विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्ने छ । 

क्याम्पसका तर्फबाट विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि सँधै तत्पर रहेको क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले बताएका छन् । उत्पादनमूलक र सिर्जनात्मक जनशक्ति उत्पादनमा क्याम्पसले जोडदिने उनले बताए । उक्त कार्यशालामा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका ६७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज