Advertisement

धनगढीका मेयर हमालको घरमा कालो ब्यानर टाँस्ने चेतावनी

Advertisement

कैलाली । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढीका नगर प्रमुख गोपाल हमालको घरमा कालो झन्डा टाँस्ने चेतावनी दिएको छ । सोमबार कैलालीको धनगढीमा क्रान्तिकारी युवा सङ्गठनले आयोजन गरिएको पत्रकार सम्मेलनमा  क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले ले यस्तो चेतावनी दिएका हुन् ।

ad

कैलाली संयोजक अनमोलले जारी गरेको प्रेस विज्ञप्ति वाचन गर्दै उनले आफूहरू सङ्घर्षमा उत्रिन बाध्य भएको बताए । उक्त विज्ञप्तिमा मेयरको घरमा कालो ब्यानर टाँस्ने देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने सम्मको चेतावनी उल्लेख गरिएको छ । 

उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको उपाध्यायले पत्रकार सम्मेलनमा जानकारी गराए ।

‘धनगढी उप महानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा पौष २१ गते नगर प्रमुखलाई सम्बोधन गरी ४८ बुँदे माग पत्र १५ दिने अल्टिमेटम सहित हुलाक मार्फत पठाइएको र उक्त मागहरू सम्बन्धमा कुनै सुनुवाइ नभएकोले समस्याहरूको समाधानका लागि केही भएनन्’ उनले भने ।

विज्ञप्तिमा माघ १० गते वडा कार्यालयहरूमा माग पत्र बुझाउने,  नगरप्रमुखको घरमा कालो ब्यानर टाँस्ने, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कैलाली, मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा माग पत्र बुझाउने, १० गते देखी कार्यालय समय र सम्बन्धित व्यक्तबाहेक सवारी साधन चलाएको पाइएमा कालो मोसो दल्ने चेतावनी दिइएको छ । 

माघ १२ गते कार्यपालिका शाखाहरूमा र माघ १५ गते सम्पूर्ण शैक्षिक संस्थाहरूमा माग पत्र बुझाउने कार्यक्रम रहेको छ । २० गते सम्म वाल पेन्टिङ गर्ने, सरकारी शैक्षिक संस्थाले १ देखी १२ सम्मको सुल्क फिर्ता गर्नु पर्ने, निजी स्वास्थ्य संस्थाहरूले राज्यले तोकेको भन्दा बढी सेवा सुल्क हटाउनु पर्ने, वडा नम्बर ११ मा रहेको बहिरा विद्यालयमा तत्काल उचित गाँस बाँस र कपासको लागि २० लाख उपमहानगरपालिकाले व्यवस्था गर्नु पर्ने माग राखिएको छ ।

क्रान्तिकारी युवा सङ्गठन सुदूरपश्चिम प्रदेश कमिटीका संयोजक दीपेन्द्र ऐरी र  इन्चार्ज भुवन रम्तेलले पनि एक विज्ञप्ति जारी गरेका थिए । प्रधानमन्त्रीलाई २० बुँदे माग पत्र पेस गरेको भन्दै प्रदेशमा माग सम्बोधनका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरिएको जनाइएको छ । 

त्यसमा प्रदेश सरकारलाई सहकारी उद्योग खोल्न दाव दिने,  भ्रष्ट्रचारीहरुलाई आवश्यक कारबाहीको गर्ने, सार्वजनिक सवारी साधनको दुरुपयोग गर्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज