Advertisement

आशुतोष र ईशानको उत्कृष्ट प्रदर्शनमा बागमतीको तेस्रो जित

Advertisement

काठमाडौं – ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।

यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ ।

जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे ।

कप्तान अंकित सुवेदीले ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रन बनाए । ओपनर सोनु अन्सारी र अंकित सुवेदीले पहिलो विकेटका लागि ११.५ ओभरमा ४५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

सोनु प्रतीक श्रेष्ठको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट २१ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा मिनाश थापा शून्यमा रन आउट भए ।

तेस्रो विकेटका लागि अंकित र सुजनले ६९ रनको साझेदारी गर्दै जितको झिनो आशा जगाएका थिए । त्यसपछि बागमतीका पार्टटाइम स्पिनर ईशान पाण्डेले उत्कृष्ट बलिङका साथ टोलीको जित पक्का गराए ।

अंकित २५ औं ओभरको तेस्रो बलमा ईशानलाई कभरमा सर्ट खेल्ने धुनमा प्रतिश जिसीबाट क्याच आउट भए ।

फिर्दोस अन्सारी ईशानको बलमा ५ रनमा कट एन्ड बोल्ड आउट भए । भुपाल लुईंटेल खराब रणनीति अपनाउँदै अघि बढेर सट खेल्ने धुनमा ३ रनमा स्टम्पिङ आउट भए ।

स्पिनर सूर्य तामाङले पुलिसविरुद्धका शतकधारी सुजनलाई बोल्ड गरेपछि कोशीको जितको आशा सकिएको थियो ।

आशिष भट्टराई ३८ बलमा ३ चौकासहित ३२ रनमा नट आउट रहे । बागमतीको जितमा ईशान पाण्डेले ८ ओभरमा ३९ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

रिजन ढकाल र प्रतीक श्रेष्ठले १–१ विकेट लिए । सूर्य तामाङले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती ४८.३ ओभरमा २७३ रनमा अल आउट भएको थियो । बागमतीको जितमा ओपनर आशुतोष घिरैयाले १ सय ११ बलमा १६ चौका र २ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।

कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले ४१ रनमा उनको क्याच छाड्न पुगेका थिए । त्यो जीवनदानको भरपूर्ण फाइदा उठाउँदै ड्रिम शतक हानेका थिए । लेग स्पिनर हेमन्त राईलाई ३३ औं ओभरको पहिलो बलमा लङअफमा छक्का हान्ने धुनमा आशुतोष ११८ रनमा क्याच आउट भए ।

लङअफका फिल्डर कमल खत्रीले उत्कृष्ट ड्राइभ हान्दै एक सानदार क्याचका साथ उनको इनिङ अन्त्य गरे । ईशान ६ रनमा कमलको बलमा मिडअनमा भुपाल लुईंटेलबाट क्याच आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि आशुतोष र कप्तान रित गौतमले १३१ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । रितले ६० बलमा ३ चौकासहित ४९ रन बनाए ।

विकेटकिपर रविन जोशी ४५ बलमा ३ चौका र १ छक्कासहित ४३, प्रतीक श्रेष्ठ १९ र अशोक पौडेल ५ रनमा आउट भए । ठूलो सट खेल्ने धुनमा तल्लोक्रमका ब्याटर सस्तैमा आउट भएका थिए । विपिन आचार्य र सूर्य तामाङले ९–९ रन बनाए ।

कोशीका अभ्यास तिमिशिनाले ९ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । हेमन्त राई र कमल खत्रीले २–२ विकेट लिए ।

फिर्दोस अन्सारीको नाममा १ विकेट रह्यो । बागमती सुरुवाती दुई खेलमा पुलिससँग ६८ रन र एपीएफसँग ८९ रनले पराजित भएको थियो । मधेशलाई ८६ रन र आर्मीलाई तीन विकेटले हराएको थियो । बागमतीले सोमबार मुलपानीमा कर्णालीसँग खेल्नेछ ।

कोशी यसअघि मधेशसँग ७ विकेट, एपीएफसँग ६ विकेट, पुलिससँग ७ विकेट र आर्मीसँग ९ विकेटले पराजित गरेको थियो । कोशीले अब मुलपानीमा गण्डकीसँग खेल्नेछ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोशी पाँच खेलमा हारका साथ पुछारमा छ । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज