Advertisement

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जना पक्राउ

Advertisement

धनगढी – प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित कैलालीमा आज दुई जनालाई पक्राउ गरेको छ । 

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय सुखडबाट खटेको प्रहरी टोलीले सालकको ११ किलो १०० ग्राम खपटासहित उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भजनी नगरपालिका–८ का ३५ वर्षीय परशुनारायण चौधरी र जोशीपुर गाउँपालिका –४ का ३२ वर्षीय प्रेम चौधरी रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका –६ मुडाबाट उनीहरूलाई पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

उनका अनुसार गोप्य सूचनाको आधारमा भजनीतर्फ आइरहेको प्रहरीले बेलामा उनीहरूलाई पक्राउ गरेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले सालकलाई नेपालमा संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । सालक मार्ने र यस प्रजातिको कुनै पनि अङ्गको बिक्री वितरण गर्ने कार्यलाई ऐनले रोक लगाएको छ । त्यसो गरेको पाइएमा कानुनी कारबाहीको व्यवस्था रहेको छ । कैलालीसहित मुलुकको विभिन्न जिल्लामा पाइने सालक दुर्लभ वन्यजन्तु मानिन्छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज