Advertisement

संरक्षणको पर्खाइमा कैलालीको गर्भा दरबार

Advertisement

धनगढी – राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो । 

संरक्षण अभावमा दरबार खण्डहरमा परिणत भएको छ । दरबारको विभिन्न संरचना भत्किन थालेको छ । राज्यले दरबार संरक्षणमा चासो नदिएपछि ऐतिहासिक महत्वको गर्भा दरबार जीर्ण बनेको स्थानीयवासी नारायण योगीले बताए । 

गर्भा दरबार तत्कालीन राणा शासक खडक शमशेरको पालामा बनेको थियो । विक्रम संवत् १९७९ मा शिलान्यास गरिएको दरबारको निर्माण कार्य १९८३ मा पूरा भएको थियो । राणा शासकहरूले कैलाली, कञ्चनपुर, डोटीबाट पोत (कर) उठाउन र मुद्दा मामिला मिलाउने उद्देश्यले बनाएको दरबारमा २०३३ सालदेखि मान्छे बस्न छाडेको जनाइएको छ । १० वर्षे द्वन्द्वको चपेटामा परेर दरबार भग्नावशेषमा परिणत भएको बताइन्छ । 

दरबार संरक्षण वा मर्मतका लागि पुरातत्त्व विभागले अनुमति नदिएका कारण प्रदेश सरकारले पनि हात हाल्न नसकेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । उनका अनुसार एकसय वर्ष पुगेपछि मात्र पुरातत्त्व विभागले यस्तो दरबारलाई हेर्ने गर्दछ । दरबार शिलान्यास गरेको मितिलाई मान्ने हो भने १०१ वर्ष पुगिसकेको छ । 

तर निर्माण कार्य सम्पन्न भएको मितिलाई मानेमा दरबारको सय वर्ष पुग्न अझ बाँकी छ । “दरबार सम्पन्न भएको वा शिलान्यास भएको कुन मितिलाई आधार मान्ने भन्ने नै निश्चित छैन” अध्यक्ष बोगटीले भने, “त्यसकारण पुरातत्त्वले केही गरेको छैन । अनुमति नपाउँदा प्रदेश सरकारले हात हालेको छैन । गाउँपालिकाले गर्ने भन्ने त झन् कुरै भएन । हामीसँग त्यति धेरै स्रोत पनि छैन ।”

गाउँपालिका अध्यक्ष बोगटीका अनुसार दरबारका लागि प्रदेश सरकारले साढे २० करोडको डीपीआर पनि बनाएको छ । तर काम अगाडि बढाउन सकेको छैन । ८३ झ्याल र ५३ ढोकाको तीन तले गर्भा दरबारको संरक्षण वा पुनर्निर्माण भएमा यसले पर्यटक आकर्षण गर्ने स्थानीयको विश्वास छ । 

तराई क्षेत्र चौमाला बजारबाट २३ किलोमिटरको दूरीमा चुरे पहाडमा गर्भा दरबार रहेको छ । यो दरबारबाट केही दूरीमा समुद्री सतहबाट एक हजार ९६५ मिटर अग्लो चिरकिट्टे भनेर चिनिने चुरेको अग्लो डाँडा रहेको छ । जहाँबाट दक्षिणतिर भारतको सहर र उत्तरतिर हिमालहरूको समेत दृश्य देखिन्छ । गर्भा दरबार र चिरकिट्टे डाँडा भएकाले खैरालामा पर्यटन विकासको राम्रो सम्भावना छ । -गोरखापत्रबाट 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज