Advertisement

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

Advertisement

काठमाण्डाैं – जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । 

यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । सन्दीपले जरिबाना र क्षतिपूर्तिबापत रकम पीडित किशोरीलाई दिनुपर्ने अदालतले भनेको हो ।

२०७९ सालको भदौ ६ गते राति लामिछानेले जबरजस्ती करणी गरेको भन्दै एक युवतीले गएकाे भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् । लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । २०७९ सालको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएकोमा आज फैसला भएको हो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्चले सदर गरिदिएपछि लामिछाने थुनाबाहिरै बसेर मुद्दा लडिरहेका थिए ।

जिल्ला अदालत काठमाण्डाैकाे फैसला चित्तबुझ्दो नभएको भन्दै लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने उनका वकिल सरोजकृष्ण घिमिरेले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

बढैपुर - देश सञ्चालनका लागि सरकारले कहिलेसम्म विदेशी ऋणकै भर पर्नुपर्ने ? आफ्नै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज