Advertisement

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

Advertisement

कञ्चनपुर –  कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् ।

जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डंगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्जबाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ । निकुञ्जबाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डंगौराले बताए । 

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ । 

गणनाका क्रममा तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने डंगौराले जानकारी दिए । कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६०  प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन् । 

रैथाने प्रजातिका जलपन्छीसमेत यहाँ छन् । उनका अनुसार सिमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले बसाइँ सार्दै पाहुना जलपन्छी यहाँका सिमसार क्षेत्र, तालतलैया, नदीलगायत क्षेत्रमा पुग्ने गर्दछन् । चैतदेखि जेठसम्म पुनः पन्छी साइबेरियालगायत क्षेत्रमा फर्कने गरेका छन् । नेपालमा आठ सय ७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको आसपासको क्षेत्रमा मात्रै रैथाने प्रजातिका चार सय २३ प्रजातिका चरा पाइने गरेका छन् । नेपालमा सन् १९८७ देखि नियमित रुपमा जलपन्छी गणना हुँदै आएको छ । रासस 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा नरोक्न सर्वोच्च अदालतको आदेश

काठमाण्डौ- सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रलगायतका अन्य परिचय खुल्ने कागजातका आधारमा बैकि...
दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

दुर्घटनामा गम्भीर घाइते भट्टको करिब ९ लाख रुपैयाँको उपचार माया मेट्रो अस्पतालले गरिदियो

धनगढी । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ का २७ वर्षीय दीपक भट्टको धनगढी...
अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

अपाङ्गता भएकी आशिकालाई विप्लव नेता मल्लद्वारा ह्विलचेयर वितरण

धनगढी- बझाङको थलारा गाउँपालिका–३ दिपिलकी १४ वर्षीया आशिका बिकलाई ह्विलचेयर वितरण गरिएको छ। शारीरिक अपाङ्गता भएकी आशिकालाई नेकपा व...
काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

काठमाडौंको बौद्ध-जोरपाटीमा रोज एक्सप्रेस कार्गो, कार्गोदेखि हवाई टिकट र सवारी सेवासम्म

धनगढी- काठमाडौंको बौद्ध- जोरपाटी क्षेत्रमा विभिन्न प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउनेगरि रोज एक्सप्रेस कार्गो सञ्चालनमा आएको...

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

अछामका दीपक साउँद एमाले केन्द्रीय सदस्य, लिए शपथ

धनगढी- नेकपा (एमाले) अछामका नेता दीपक साउँदले पार्टीको केन्द्रीय कमिटी सदस्यको शपथ लिएका छन्। एमालेको विधानको धारा ६० को उपधारा...
२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

२५ वर्षकी गुमाको शंकास्पद मृत्यु : श्रीमान सहित अन्य प्रहरी नियन्त्रणमा

धनगढी : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीमाथि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज