Advertisement

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले सेवा लिए 

Advertisement

गुलरिया – कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर  मंगलबार सम्पन्न भएको छ । 

पौष १ गते वडा न.१ को कुमगडाबाट शुरु भएको आँखा शिविर पौष १७ गते वडा न.९ को आधारभुत स्वास्थ्य केन्द्र राजघाटमा गएर सकिएको छ । 

निशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरबासीले घर दैलौमै सेवा लिएका छन्  । नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा न.१ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर संचालन गरिएको हो । आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ । 

सल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निशुल्क सल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले जानकारी दिए । 

पौष १ गते कुमगडाबाट शुरु भएको आँखा शिविरमा ६० जनाले सेवा लिएका थिए । जसमा २८ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने २ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो  । 

त्यसैगरी वडा न.१ कै दोमिल्ला र निगालिमा गरेर थप ७२० जनाले सेवा लिएका हुन । वडा न .२ का दुई स्थानमा आँखा शिविर संचालन गरिएको थियो त्यहाँ ८३८ जनाले सेवा लिँदा ३३९ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने १०५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न.३ मा ४२५ जनाले सेवा लिँदा १०५ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ३५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.४ मा ६४९ जनाले सेवा लिँदा १७६ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ९९ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न.५ मा ५१६ जनाले सेवा लिँदा १३३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ७७ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न .६ मा ४२५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न .७ मा ४१३ जनाले सेवा लिँदा १०३ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५५ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो । 

वडा न ८ मा ४५५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ५२ जनालाई सल्यक्रियाका लागि सिफारिस गरिएको थियो  र हिजो मंगलबार समापनका दिन वडा न.९ मा ५०० जनाले सेवा लिएका थिए । जसमा १३४ जनालाई नजिकको चश्मा प्रदान गरिएको थियो भने ६७ जनलाई सल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको हो ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरबासीले उत्साहका साथ निशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुशी व्यक्त गरे । उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरु पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताएका छन् । 

उनले आफू नागरिकको स्वास्थ्यप्रती चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिदै यसपटक विशेष गरि महिला लक्षित शिविर आङ खस्ने,पाठेघर सम्बन्धि समस्या,तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निशुल्क शिविर संचालनमा ल्याइने बताए । 

आँखा शिविरमा नगरपालिकाले निशुल्क नजिकको चश्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष पनि नेत्रालयसँग समन्वय गर्दै निशुल्क आँखा शिविर संचालन गरेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज