Advertisement

सन् २०२३ मा ५८ पत्रकार मारिए : ५२१ जना कारगारमा बन्दी

Advertisement

आरएसएफ – पत्रकारिता पेसामा संलग्न भएर आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन् । 

गाजाक्षेत्रमा युद्धको त्रासदी कायमै रहँदा पनि गत वर्षको तुलनामा यो सङ्ख्या भने कम हो । 

रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख छ । 

गाजामा इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि पत्रकारको रूपमा काम गरेका कारण कम्तीमा १३ जना पत्रकार मारिएका छन् । योसहित मारिने पत्रकारको सङ्ख्या ५८ पुगेको हो । गाजा क्षेत्रबाहेक सन् २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको थियो । यस अवधिमा विश्वभर ५२१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन् । यो सन् २०२२ को तुलनामा ८.४ प्रतिशतले कमी हो । 

विश्वव्यापी रूपमा हेर्दा लामो समयदेखि कामको क्रममा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा कमी आएको देखिन्छ। 

यसका कारणहरूमा समाचार संस्थामा सुरक्षा उपायहरू अपनाउनु, सुरक्षात्मक उपकरणहरूको तालिम दिनु, पत्रकारले सावधानी अपनाउनु, दण्डहीनताविरुद्धको लडाइँको प्रभाव, अन्तर–सरकारी संस्थाहरूद्वारा गरिने कार्यहरू र गैरसरकारी संस्थाहरूको कामले पनि प्रभाव पारिरहेको प्रतिवेदनमा उल्लेख छ । 

यस अवधिमा कर्तव्यको सिलसिलामा वा कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा समग्र गिरावट आएको छ । 

विगत पाँच वर्षमा आफ्नो कामको सिलसिलामा मारिएका पत्रकारको सङ्ख्यामा क्रमिक गिरावट आएको हो । 

ल्याटिन अमेरिकामा आफ्नो कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको छ ।

पत्रकारहरूका लागि शान्तिमा रहेका देशभन्दा युद्ध क्षेत्रहरू बढी घातक देखिएका छन् । यो वर्ष युद्ध क्षेत्रमा रिपोर्टिङ गर्ने क्रममा २३ पत्रकार मारिएका छन् । पाँच वर्षमा पहिलो पटक शान्ति क्षेत्रभन्दा युद्ध क्षेत्रमा बढी पत्रकार मारिएका छन् ।

विश्वभरमा सबैभन्दा बढी पत्रकार चीन, बेलारुस र म्यानमारका बन्दीगृहमा राखिएका छन् । चीन फेरि पनि विश्वको सबैभन्दा धेरै पत्रकार बन्दी बनाउने देश बनेको छ । जहाँ १२१ मिडिया पेशेवरहरू बन्दी जीवन बिताइरहेका छन् । यो विश्वभर हिरासतमा परेका पत्रकारहरूको करिब एक चौथाइ हो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज