Advertisement

कञ्चनपुरमा बगरखेती गर्ने किसानलाई अनुदान

Advertisement

कञ्चनपुर – कृष्णपुर नगरपालिका-२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ । 

वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो । 

कल्पना किसना समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए । 

नगरपालिकाको कृषि विकास शाखाले बगरखेतीमा संलग्न किसानलाई बीउबिजन र प्रविधिमा सहयोग पुर्याउँदै आएको उनले बताए ।

बगरखेतीमा संलग्न किसान धीरेन्द्र रानाले वडा कार्यालयबाट विगतमा पनि सहयोग हुँदै आएको चर्चा गर्दै मलखाद अनुदानमा उपलव्ध गराएर खेती गर्ने किसानको हौसला बढाउनमा मद्दत पुगेको बताए । 

बगरखेतीमा मुक्त कमैया परिवारका व्यक्ति बढी संलग्न रहदै आएका छन् । वनहरा नदीको बगरमा मुक्तकमैयाले विगत एक दशकदेखि खेतीलाई निरन्तरता दिँदै आएका छन् । बगरखेती गरेर मुक्तकमैया परिवारले मौसम (सिजन)मा ६० हजारदेखि तीन लाखसम्म आम्दानी लिने गरेका छन् । बगरमा लौका, फर्सि, तरभूजा, काँक्रा लगायतको खेती हुने गरेको छ । 

यहाँ उत्पादित तरकारी महेन्द्रनगर, धनगढीसहित काठमाडौँसम्म बिक्रीका लागि पुग्ने गरेको छ । मुक्त कमैया परिवारले फुटकररुपमा वनहरा नदी छेउको पुल नजिकैको सडक छेउमा बसेर तरकारी बिक्री गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज