Advertisement

एलपीएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी

Advertisement

धनगढी – कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को बुधबार सम्पन्न दुई खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी भएका छन्।

समुह ’डी’ अन्तर्गतको खेलमा एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई तथा समुह ’बि’ अन्तर्गतको खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्यो।  

आजको पहिलो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टरले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई ३ विकेटले पराजित गर्यो। 

जेएस स्पोर्ट्स–११ ले दिएको १३२ रनको लक्ष्य क्रिकेट एक्सीलेन्स सेन्टरले ७ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो। 

क्रिकेट एक्सीलेन्स सेन्टरको लागि योगेश भाटले सर्वाधिक ३० रन बनाए भने अर्जुन घर्तिले २२, राज कुमार शाहले २० तथा सचिन लेखकले १९ रन बनाए। 

जेएस स्पोर्ट्स–११ का बलर साजन बिटालुले ३, विकास सुनारले २ तथा भरत बिस्ट र खगेन्द्र महराले १÷१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको जेएस स्पोर्ट्स–११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट क्षेतीमा १३१ रन बनायो। 

जेएस स्पोर्ट्स–११ को लागि राज बमले अर्धशतकीय योगदान दिने क्रममा ६१ रन बनाए। उनले ४९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। विकास सुनारले २२, सुनिल चन्दले १६ तथा साजान बिटालुले १४ रन बनाए। 

प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका बलर अभिनाश बस्यालले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। मनोज यादवले २ तथा दयानन्द मण्डल र राज कुमार शाहले १÷१ विकेट लिए। 

समुह ’डी’ बाट यस अघिनै तिन वटै खेलमा जितको साथ सत्यवती एकेडेमी समुह विजेताको रुपमा सेमीफाइनल प्रवेश गरिसकेको छ। क्रिकेट एक्सीलेन्स सेन्टर दोश्रो चरण प्रवेश गर्न असफल रह्यो जसले ३ खेलमा २ जित र १ हार बेहोर्यो। 

आजको दोश्रो खेलमा कैलाली मल्टिपल क्याम्पसले शारदा सेकेण्डरी स्कुललाई २ रनले पराजित गर्यो। कैलाली मल्टिपलले दिएको १५० रनको लक्ष्य पछ्याएको शारदा सेकेण्डरी स्कुलले पुरै २० ओभर ब्याटिंग गर्दै १४७ रन बनायो।

शारदा सेकेण्डरी स्कुलको लागि दुई ब्याट्सम्यान शंकर बोहरा र सुशान्त कार्कीले अर्धशतक बनाएता पनि जितको लागि पर्याप्त भएन। शंकरले ४३ बलमा ६ चौका मद्दतले ५० रन तथा सुशान्तले २८ बलमा ५ चौका र २ छक्का मद्दतले अविजित ५१ रन बनाए। कैलालीको बलिंगमा दिपक कपडेल, लोकेन्द्र खनाल र पारस रोकायाले १÷१ विकेट लिए।   

यस अघि टस जितेर ब्याटिंग गरेको कैलाली मल्टिपल क्याम्पसले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनायो। 

कैलालीको लागि अभिषेक कुँवरले सर्वाधिक ५१ रन बनाए जुन क्रममा प्लेयर अफ द म्याच घोषित उनले ३९ बलमा ५ चौका र १ छक्का प्रहार गरे। रोशन रावलले २९, लोकेन्द्र खनालले २१ तथा प्रविन सिंह ठकुरीले १५ रन बनाए। 

शारदा सेकेण्डरी स्कुलका सुनिल बहादुर सिंहले ३, अभिषेक मल्लले २ तथा सुनिल सिंह, विश्वास पन्त र सलिन बोहराले १÷१ विकेट लिए। 

समुह ’बि’ बाट युथ अफ टिकापुर तिन वटै खेलमा जित दर्ता गर्दै सेमीफाइनल प्रवेश गरिसकेको छ। कैलाली मल्टिपल क्याम्पसले तिन खेलमा १ जित मात्र हात पार्न सक्यो भने शारदा सेकेण्डरी तिन वटै खेलमा पराजित भयो। 

प्रतियोगिताको सेमीफाइनल पुग्ने तिन टिमको टुंगो लागिसकेको छ। समुह ‘बि’ बाट युथ अफ टिकापुर, समुह ‘सी’ बाट घोडाघोडी क्रिकेट एकेडमी र समुह ‘डी’ बाट सत्यवती एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेका छन्।

सेमीफाइनल पुग्ने अन्तिम टिमको टुंगो बुधबार धनगढी स्पोर्ट्स क्लब र खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टर बीचको खेल पछि लाग्नेछ। 

उक्त खेलमा धनगढी स्पोर्ट्स क्लब विजयी भए सेमीफाइनल प्रवेश गर्ने छ भने धनगढी पराजित भएको खण्डमा धनगढी र शुक्लाफांटा ब्ल्याकबक्स बीच नेट रन रेटमा अघि हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ। समुह ’ए’ का अन्य दुई टिम कैलाली जिल्ला क्रिकेट क्लब र खप्तड खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिंग सेन्टरको सेमीफाइनल पुग्ने सम्भावना समाप्त भैसकेको छ।

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बिर्सती मेलामा आसन ग्रहण नगराएको भन्दै रास्वपाको आपत्ति

बझाङ – बझाङको थलिनौबिस क्षेत्रमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलामा राष्ट्रिय स्वतन्त्र...
भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

भौतिक पूर्वाधार राज्यमन्त्री कुँवरद्वारा नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन

धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री माननीय जानकी कुवँरले नमस्ते अत्तरिया यातायात प्रालिको उद्घाटन गर्नुभएको छ...
कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

कैलालीको जोशिपुरमा १५ घण्टादेखि विद्युत सेवा अवरुद्ध, स्थानीय रातभर अन्धकारमा बस्न बाध्य

पदम बोहरा, ​जोशीपुर- नेपाल विद्युत प्राधिकरणको जोशीपुर विद्युत प्राविधिक नो लाइट' सेवाको गम्भीर लापरबाहीका कारण कैलालीको जोशीपुर ग...
संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

संविधानमा अधिकार, गाउँमा अँध्यारो: सुर्माको काँडाका २ सय परिवार अझै विद्युत सेवाबाट वञ्चित

बझाङ- बझाङको सुर्मा गाउँपालिकाकोे काँडाका स्थानीय अझै विद्युत सेवाबाट वञ्चित छन् । सुर्मा गाउँपालिका-५ काँडा टोलका करिब २ सय परिवा...
गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

गौरीगंगामा इजरायली प्रविधिमा आधारित एकीकृत कृषि फार्म सञ्चालनमा

धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्म सञ्चालनमा आएको छ। फार्मको औपचा...
कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलालीको शान्नीकोट सामुदायिक वन उपभोक्ता समुहद्वारा उपभोक्तालाई ब्युटिपार्लर तालिम प्रदान

कैलाली- कैलालीमा गौरीगंगा नगरपालिकामा सञ्चालन गरिएको ब्युटिपार्लर तालिम सम्पन्न भएको छ। गौरीगंगा नगरपालिकामा ६, कठौतियामा रहेको...
जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

जनताको स्वास्थ्यप्रति नेता साउँद चिन्तित, भालुको आक्रमणबाट घाइते अम्बीलाई भेट्न चिकित्सकको टोलीसहित कोहलपुर

धनगढी- भालुको आक्रमणबाट गम्भीर घाइते भएकी अछामको रामारोशन गाउँपालिका-६, भाटाकाटियाकी अम्बी साउँदको स्वास्थ्य अवस्था बुझ्न नेकपा (ए...
भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

भदौ २२ गते छबिसपाथिभेरा गाउँपालिकामा सार्वजनिक विदा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाले सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक तथा सांस्कृतिक बिर्सती मेलाको अवसरमा सार्वजनिक विदा दिएको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज