Advertisement

यसरी फैलियो मृत्यु भएको भनिएका मानिस बिउँझिए भन्ने झुटो हल्ला 

Advertisement

विराटनगर — आइतबारदेखि सामाजिक सञ्जालमा एउटा खबरसँगै भिडियो भाइरल भयो- अस्पतालले मृत घोषणा गरेका व्यक्ति एकाएक बिउँझिए ! उक्त भिडियोमा भनिएको छ- सुनसरी इनरुवा नगरपालिका-३ वन कार्यालय पश्चिमका ४५ वर्षीय प्रताप सदालाई विराटनगरको मेट्रो न्यूरो अस्पतालले मृतक घोषणा गरेर आफन्तलाई शव बुझाएको, अनि परिवारजनले दाहसंस्कारको सबै तयारी गरेको र घर ल्याएपछि मृतकले आँखा खोलेको । त्यतिमात्रै होइन भिडियोमा मृत्यु भएपछि मृतकलाई शव गृहमा राखिएको दाबीसमेत गरिएको छ । 

स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो नै भाइरल बन्यो । के साँच्चै अस्पतालले मृत घोषणा गरेको व्यक्ति घर पुगेपछि ब्युँतिएका हुन् त ? मिडिया ले यसको तथ्य बुझ्दा गलत सूचनाका कारण यो घटना भाइरल बन्न पुगेको बिरामीका छिमेकीहरू, वडाध्यक्ष, वडा महिला सदस्य, वडा दलित सदस्य एवं छिमेकी र अस्पतालका प्रतिनिधिसँग बुझ्दा यो खबर झुटो भएको देखिन्छ । 

सदा परिवारले छातीमा समस्या भएपछि प्रतापलाई उपचारका लागि सुरुमा इनरुवा अस्पताल पुर्‍याएका थिए । अस्पतालले आफूकहाँ उपचार सम्भव नहुने बताएपछि उनलाई शनिबार विराटनगरको मेट्रो न्युरो अस्पताल पुर्‍याइएको थियो । 

सुरुमा अस्पतालले प्रतापको छातीमा समस्यासँगै मेनेन्जाइटिसका कारण अवस्था नाजुक रहेको भन्दै आइसीयूमा राखेर उपचार सुरु गर्‍यो । बिरामीको अवस्था जटिल बन्दै गएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने सदाका आफन्तलाई बतायो । तर बिरामीका परिवारले भेन्टिलेटरमा राखेर उपचार नगर्ने बरु घर नै लैजाने  भन्न थाले , प्राप्त कागजातमा प्रतापकी पत्नी सीताकुमारीले बिरामीको मृत्यु भएमा आफैं जिम्मेवार हुनेछु भन्ने कागजमा औंठाछाप र सही गरेर बिरामीलाई घर लैजान प्रक्रिया थालेको देखिन्छ ।

मिडिया लाइ प्राप्त अस्पतालभित्रको सीसीटिभी फुटेजमा पनि बिरामीलाई आइसीयूबाट स्ट्रेचरमा राखेर निकालेको देखिन्छ । अस्पतालका सञ्चालक सन्तोष मेहताले कागज गरेर परिवारले बिरामी लिएर गएको बताएका छन् ।

आइतबार दिउँसो सीताकुमारीले ५० हजार रुपैयाँ अस्पताललाई बुझाएर जीवितै अवस्थाका प्रतापलाई लिएर घर हिँडिन् । घर नपुग्दै बाटैबाट उनीहरूले आफन्ती र गाउँलेलाई फोन गरेर सदाको अन्त्येष्टिका लागि आवश्यक सामाग्री तयार गर्न भने । छरछिमेकीले भने अनुसार घाट लैजाने खट, कपडा र दाउरा तयार पारे । प्रतापलाई खटमा सुताएर कपडाले छोपेर जुइनाले बाँध्न सुरु गरियो । तब उनले पुलुक्क आँखा हेरे । अनि भेला भएका आफन्त र छिमेकमा कोलाहल मच्चियो । वडाध्यक्ष रमेश श्रेष्ठले त्यही बेला स्थानीय पहलबहादुर कटुवालले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेको बताए । 

वडाध्यक्ष रमेशले अस्पतालका डाक्टरले पनि बिरामीको अवस्थाबारे बुझाउँदा भाषाको समस्याका कारण उनीहरूले नबुझेर बिरामीको मृत्यु भयो भन्ने बुझेको हुनसक्ने बताए । भिडियोमा भनिएजस्तो अस्पतालले डेथ सर्टिफिकेट दिएको भन्ने कुरा पनि अफवाह मात्रै भएको वडाध्यक्ष श्रेष्ठले बताए ।

त्यसो भए भिडियोमा किन प्रतापलाई १२ घण्टा शवगृहमा राखेको भनियो त ? वडाध्यक्ष श्रेष्ठले आईसीयूमा राखेर उपचार गरिएको कुरालाई बंग्याएर त्यसो भनिएको हुनसक्ने बताए । उनले भने, ‘अस्पतालले पनि विपन्न र दलित समुदायले पाउने सुविधाका नाममा भेन्टिलेटरमा राखेर एकरात उपचार गरेर जनप्रतिनिधिलाई जानकारी गराएको भए यस्तो अवस्था आउने थिएन । यसमा अस्पतालको पनि गल्ती देखियो ।’ 

वडाकी महिला सदस्य सविना सिग्देलका अनुसार प्रतापका परिवारजनले उनको मृत्यु भएको भन्दै बाटोबाटै अन्त्येष्टिका लागि दाउरालगायतका सामग्रीको जोह गरिदिन आग्रह गरेपछि अफवाह फैलिएको बताइन् । वडाकी दलित सदस्य एवं प्रतापका छिमेकी कबुक्री सदाका अनुसार अस्पतालमा मृत्यु भएको हल्लाको पछाडि परिवारजन लाग्दा यस्तो समस्या सिर्जना भएको बताइन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

सुनकुडामा आयोजित तेस्रो जय नेपाल वडाध्यक्ष कपको उपाधि बुङ्गल नगरपालिका–६ लाई

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका-९ सुनकुडामा सम्पन्न तेस्रो जय नेपाल वडाध्यक्ष कप टी-१२ क्रिकेट प्रतियोगिताको उपाधि बुङ्गल नगरपाल...
कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

कैलालीमा पटाकाको आतंक, जिल्ला प्रशासनको प्रतिबद्धता कागजमै सीमित हो?

खुलेआम पटाका पड्किँदा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त नागरिक प्रभावित; भारतबाट भित्रिने अवैध पटाका नियन्त्रण र प्रयो...
कैलालीमा चरेशसहित तीन युवक पक्राउ

कैलालीमा चरेशसहित तीन युवक पक्राउ

धनगढी- कैलालीमा अवैध लागूऔषध चरेशसहित तीन जना युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–१ हसुलियाबाट ३ ग्राम २७५ मिलिग्...
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका बीच पनि बाजुरा जिल्ला अदालत सञ्चालनमा रहने भएको छ। अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अ...
एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली-पोखरा र चितवन-काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदा दोस्रो खेलमा...
अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी मध्यावधि चुनावलाई ट्रम्पले भने ‘इतिहासकै ठूलो प्रतिगमन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सम्पन्न मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको पराजयलाई अमेरिकाका लागि इतिहासकै...
कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

कुकुर तिहार र लक्ष्मी पूजा आज, घरघरमा दीपावलीको तयारी

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदै छ। बिहान कुकुरको पूजा गरेर साँझ धनधान्य तथ...
आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

आफ्नै वनको काठ कुहिँदै, व्यवसायीको लगानी डुब्ने जोखिम- प्रकाश खड्का

बढैपुर - देश सञ्चालनका लागि सरकारले कहिलेसम्म विदेशी ऋणकै भर पर्नुपर्ने ? आफ्नै देशमा उपलब्ध प्राकृतिक स्रोतसाधनको उचित उपयोग गर्न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज