Advertisement

समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

Advertisement

नेकपा एकीकृत समाजवादी  निकट प्रत्रकारहरुको छाता संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री  निर्वाचित भएका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा कमल वुढा , महिला उपाध्यक्षमा राधिकाकुमारी बराल, सचिवमा शिवलाल डाँगी , कोषाध्यक्षमा कृष्णबहादुर सुनार  र सहसचिव प्रेम वली  निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा  बशन्त बागचन , नन्दराम जैसी , आनन्दसिंह बोहोरा , विनोद लम्साल , दान खत्री, करिष्मा गिरी, पुष्पराज वली , कुसुम रोकाय  र कमला मल्ल  सर्वसम्मत निर्वाचित भएका छन् ।
नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सङ्ठनका केन्दीय अध्यक्ष विश्वमणी सुवेदीले पद तथा गोपनियताको सपथ खुवाए।

त्यस्तै भेलाले नन्दराज जैसी  र दुर्गा विसीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने सर्वसम्मत निर्णय गरेको छ । समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संगठनका निवर्तमान अध्यक्ष यज्ञराज थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव एवम् कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भएको अधिवेशन उद्घाटन शत्रमा कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापा,समाजवादी प्रेस सगंठन नेपालका उपाध्यक्ष अस्मिता गिरी, केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज अनन्त बराल,सचिव नेपाेलियन चेपाङ, सचिवालय सदस्य शिव सुवेदी, प्रेस युनियनका केन्द्रीय सदस्य ज्योति कटुवाल र प्रेस चौतारी नेपालका कर्णाली प्रदेश अध्यक्ष प्रकाश अधिकारी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सुर्खेत इन्चार्ज शिवप्रसाद उपाध्याय लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज