बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग
नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने
काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन यूएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक सङ्घको राहत अभियानलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक आधारभूत सामग्री गुमाएका परिवारलाई लक्षित गरी उक्त सहयोग उपलब्ध गराइएको हो।
कम्पनीले उपलब्ध गराएको सहयोगबाट बाढी प्रभावित क्षेत्रका करिब ३०० घरधुरीका १ हजार ५०० जना प्रत्यक्ष लाभान्वित हुने बताइएको छ।
बिहीबार आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र यूएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो।
न...

