जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान
जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्न नसकेको एक अध्ययनले देखाएको छ।
अध्ययनमा सहभागी ८२.७ प्रतिशत विद्यार्थीले रक्तदान गर्न इच्छुक रहेको बताए पनि १९.५ प्रतिशतले मात्र यसअघि रक्तदान गरेको पाइएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), कर्णाली प्राविधिक शिक्षालय (KTS) र जुम्ला बहुमुखी क्याम्पस (JMC) का ६४७ विद्यार्थीमा गरिएको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।
अध्ययनअनुसार ७३ प्रतिशत विद्यार्थीमा रक्तदानप्रति सकारात्मक दृष्टिकोण रहेको पाइएको छ। त्यस्तै, ९८ प्रतिशत विद्यार्थीले रक्तदानलाई पुण्य कार्य तथा सामाजिक दायित्व मानेका छन् भने ९८.३ प्रतिशतले अरूलाई रक्तदान गर्न प्रोत्साहित गर्ने बताएका छन्। आकस्मिक अवस्थामा आवश्यक परे ९०.४ प्रतिशत विद्यार्थीले रक्तद...


