Advertisement

बझाङ जीप दुर्घटनाको प्रारम्भिक निष्कर्ष, क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण

Advertisement

धनगढी- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा शनिबार भएको जीप दुर्घटनाको प्रारम्भिक अनुसन्धानले कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्नु दुर्घटनाको मुख्य कारण रहेको देखाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप वर्षाका बेला हिलाम्मे कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर बुंगलबाट दुर्गाथलीतर्फ जाँदै थियो। जीपमा चालकसहित १६ जना सवार रहेका थिए।

दुर्घटना भएको स्थान उकालो र घुम्ती भएको सडक खण्ड हो। वर्षाका कारण सडक चिप्लो बनेको र अत्यधिक भारका कारण जीपले उकालो चढ्न नसकेपछि चालकले ब्याक गरेर घुम्ती काट्ने प्रयास गरेका थिए। सो क्रममा जीप नियन्त्रणबाहिर गई भीरतर्फ करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार उकालोमा जीप चढ्न नसकेपछि ब्याक गर्दा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना गम्भीर घाइते भएका छन्। जीप चालक देवेन्द्र धामी पनि गम्भीर घाइते छन्।

गम्भीर घाइते सात जनालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको थियो। उनीहरूमध्ये पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथली गाउँपालिकाका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा स्थानीय तहहरूले मापदण्डविपरीत निर्माण गरेका कच्ची तथा अव्यवस्थित ग्रामीण सडक र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण हरेक वर्ष सवारी दुर्घटनामा धेरै नागरिकले ज्यान गुमाइरहेका छन्। यसले सडक सुरक्षा, सवारी नियमन र पूर्वाधारको गुणस्तरमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज