Advertisement

बझाङ जीप दुर्घटनाको प्रारम्भिक निष्कर्ष, क्षमताभन्दा बढी यात्रु र हिलाम्मे सडक मुख्य कारण

Advertisement

धनगढी- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथलि गाउँपालिका- ६ सुँगरेमा शनिबार भएको जीप दुर्घटनाको प्रारम्भिक अनुसन्धानले कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्नु दुर्घटनाको मुख्य कारण रहेको देखाएको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सुपप्र ०१-००१ च २६६४ नम्बरको जीप वर्षाका बेला हिलाम्मे कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर बुंगलबाट दुर्गाथलीतर्फ जाँदै थियो। जीपमा चालकसहित १६ जना सवार रहेका थिए।

दुर्घटना भएको स्थान उकालो र घुम्ती भएको सडक खण्ड हो। वर्षाका कारण सडक चिप्लो बनेको र अत्यधिक भारका कारण जीपले उकालो चढ्न नसकेपछि चालकले ब्याक गरेर घुम्ती काट्ने प्रयास गरेका थिए। सो क्रममा जीप नियन्त्रणबाहिर गई भीरतर्फ करिब ३०० मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार उकालोमा जीप चढ्न नसकेपछि ब्याक गर्दा दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सात जना गम्भीर घाइते भएका छन्। जीप चालक देवेन्द्र धामी पनि गम्भीर घाइते छन्।

गम्भीर घाइते सात जनालाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको थियो। उनीहरूमध्ये पाँच जनाको नेपालगञ्जमै उपचार भइरहेको छ भने चालक देवेन्द्र धामी र दुर्गाथली गाउँपालिकाका रामबहादुर महतलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिएका छन्।

सुदूरपश्चिमका पहाडी जिल्लामा स्थानीय तहहरूले मापदण्डविपरीत निर्माण गरेका कच्ची तथा अव्यवस्थित ग्रामीण सडक र क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिका कारण हरेक वर्ष सवारी दुर्घटनामा धेरै नागरिकले ज्यान गुमाइरहेका छन्। यसले सडक सुरक्षा, सवारी नियमन र पूर्वाधारको गुणस्तरमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज