बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ९ झोतामा रहेकोcले एक प्रहरी पोष्टलाई एक थान वाल पंखा र बेन्च प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत केदारस्युँ गाउँपालिका-९,स्थित अस्थायी प्रहरी पोष्ट झोतालाई एक थान वाल पंखा र बेन्च प्रदान गरिएको हो ।
आज एक औपचारिक कार्यक्रमका बिच शाखा प्रमुख भरतबहादुर रावतले प्रहरी पोष्टका इन्चार्ज महेश कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।
सामाग्री हस्तान्नतरण कार्यक्रममा बोल्दै शाखा प्रमुख रावतले सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै समुदायको आवश्यक क्षेत्रमा सहयोग गर्ने संस्थाको नीति अनुसार सामग्री बितरण गरिएको बताए । आगामी दिनमा समेत यस्ता सामाजिक तथा सामुदायिक हितका कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ ।
सामग्री ग्रहण गर्दै प्रहरी चौकी इन्चार्ज महेश कार्कीले कार्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा नेरुडे मिर्मिरे लघुवित्तप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले प्रहरीको दैनिक कार्यसम्पादन तथा सेवाग्राहीलाई सेवा प्रवाह गर्न थप सहज हुने बताए । कार्यक्रममा शाखाका कर्मचारी भरत बिष्ट, राजेन्द्र जोशी,स्थानीय तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
त्यस्तै लघुवित्तले यसअघि पनि प्रहरी चौकी, सामुदायिक विद्यालय, सार्वजनिक स्थल, बजार व्यवस्थापन लगायतका क्षेत्रमा आवश्यक आर्थिक तथा भौतिक सामग्री सहयोग गर्दै आएको थियो ।

