Advertisement

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

Advertisement

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर्किएको छ। त्रिपुरेश्वरमा बिहीबार नगर प्रहरीसँग भएको विवादपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि प्रतिनिधिसभा र राष्ट्रिय सभामा सांसदहरूले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै प्रधानमन्त्री शाहको मौनताको आलोचना गरेका छन्। साथै, काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका युवाहरूले पनि प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्।

प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको मृत्यु प्रकरणमा प्रधानमन्त्री शाह मौन बसेको भन्दै आपत्ति जनाइन्। विपक्षमा हुँदा राज्यका कमजोरीमाथि कडा प्रश्न उठाउने प्रधानमन्त्री अहिले सरकारको नेतृत्वमा रहँदा किन मौन रहेको भन्दै उनले प्रश्न गरिन्। नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार असफल भएको आरोप लगाउँदै उनले “अब कालो चश्मा खोल्ने बेला आएको छ” भन्ने टिप्पणी समेत गरिन्।

यस्तै, राष्ट्रिय सभामा बोल्दै नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले सरकारको “क्रूर व्यवहार” का कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको आरोप लगाए। आगोले जलेका व्यक्तिलाई पनि प्रहरीले अमानवीय व्यवहार गरेको दाबी गर्दै उनले नैतिकताको आधारमा प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्ने माग गरे।

यसैबीच, माइतीघरमा प्रदर्शनमा उत्रिएका युवाहरूले राज्य संयन्त्र गरिब तथा श्रमजीवी वर्गप्रति संवेदनशील हुन नसकेको आरोप लगाएका छन्। अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना तथा राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटना दोहोरिने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा प्रधानमन्त्री बालेन शाहको राजीनामाको माग गरेका छन्। उनीहरूले राज्यको संवेदनहीनता र दमनकारी प्रवृत्तिका कारण गणेश नेपालीले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज