Advertisement

बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुँदै

Advertisement

बझाङ- बर्खायाम सुरुभएसँगै ग्रामीण सडकहरू अवरुद्ध हुन थालेका छन् । लगातारको वर्षासँगै आएकोे बाढीपहिरोले स्थानीय शाखा सडक खण्डहरू अवरुद्ध हुन थालेका हुन् । प्राप्त जानकारी अनुसार छबिसपाथिभेरा गाउँपालिका अन्तर्गत मोरिबगर-बिसौना सडक खण्ड अवरुद्ध भएको छ ।
वडा नं-६ अन्तर्गत पर्ने ल्वाडाको डोलामा पहिरो जाँदा सडक अवरुद्घ भएर आवतजावत ठप्प भएको हो। सडक अवरुद्ध भएपछि स्थानीयवासी, बिरामी, विद्यार्थी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।

जिल्लाका अन्य धेरै ग्रामीण सडकहरू पनि वर्षाका कारण आंशिक वा पूर्ण रूपमा अवरुद्ध भएको प्रारम्भिक जानकारी प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ।
स्थानीयवासीले बर्खायाम सुरु हुनुअघि नै जोखिमयुक्त स्थानको पहिचान, नाली तथा पानी निकासको उचित व्यवस्थापन, सडक किनारका कमजोर भागको संरक्षण, आवश्यक स्थानमा ग्याबियन पर्खाल तथा रिटेनिङ वाल निर्माण, र नियमित मर्मतसम्भार गरिए यस्ता समस्या धेरै हदसम्म कम गर्न सकिने बताएका छन्। साथै, वर्षायामभरि डोजर, एक्साभेटर लगायतका उपकरण र प्राविधिक जनशक्ति तयारी अवस्थामा राखी पहिरो हटाउने कार्य तत्काल सञ्चालन गर्न उनीहरूको माग छ।

ग्रामीण सडकहरू वर्षायाममा बारम्बार अवरुद्ध हुने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी विपद् जोखिम न्यूनीकरणमा आधारित सडक निर्माण, गुणस्तरीय पूर्वाधार विकास तथा नियमित मर्मतसम्भारलाई प्राथमिकता दिन आवश्यक देखिन्छ।
सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भइरहेका छन्। त्यसैले प्रभावित सडकहरू यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायले तत्काल आवश्यक पहल गर्नुपर्ने स्थानीयको जोडदार माग रहेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज