Advertisement

औषधि ऐन उल्लङ्घन गर्नेविरुद्ध औषधि व्यवस्था विभाग, नेपालगन्जको कडा अभियान

Advertisement

बाँकेको जानकी गाउँपालिका–१ जोगाउगाउँमा करिब डेढ दशकदेखि स्वास्थ्यसम्बन्धी कुनै शैक्षिक योग्यता वा कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमाथि सरकारी निकायले कारबाही गरेको छ।

औषधि बिक्री मात्र नभई बिरामीको उपचारसमेत गर्दै आएका ६३ वर्षीय पञ्चलाल भुजुवालाई औषधि ऐन विपरीतको कसुरमा औषधि व्यवस्था विभाग, नेपालगन्ज र सुरक्षाकर्मीको संयुक्त टोलीले पक्राउ गरेको हो।

औषधि व्यवस्था विभाग, नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साहका अनुसार प्रारम्भिक अनुसन्धानबाट भुजुवासँग स्वास्थ्यसम्बन्धी कुनै मान्यताप्राप्त शैक्षिक योग्यता नरहेको खुलेको छ। उनले आफ्नै घरलाई औषधि पसलका रूपमा प्रयोग गर्दै करिब १५ वर्षदेखि अवैध रूपमा औषधि बिक्री तथा बिरामीको उपचार गर्दै आएको पाइएको छ।

भुजुवाले कानुनी अनुमति बिना औषधि सञ्चय गरी बिक्री–वितरण गर्नुका साथै चिकित्सकीय योग्यता नहुँदा पनि बिरामीको उपचार गर्ने गरेको उजुरी प्राप्त भएपछि फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार साह, निरीक्षक अमन चौधरी तथा सुरक्षाकर्मी सम्मिलित टोलीले उनको घरमा छापा मारेको थियो।

छापाका क्रममा घरभित्र सञ्चालित अवैध औषधि पसलबाट करिब ४० प्रकारका औषधि रहेको तीन कार्टुन बरामद गरिएको विभागले जनाएको छ। ती औषधि बिक्रीका लागि राखिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ भने बरामद औषधिको गुणस्तर, म्याद तथा कानुनी स्रोतबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका भुजुवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी औषधि ऐन अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। औषधि व्यवस्था विभागले पछिल्लो समय अवैध औषधि पसल तथा ‘झोले चिकित्सक’माथि निगरानी र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ।

यद्यपि, स्वास्थ्य अधिकारकर्मीहरूले यस्ता छिटफुट कारबाही मात्र पर्याप्त नहुने बताउँदै नियमित अनुगमन, प्रभावकारी जनचेतना, कडा कानुनी कार्यान्वयन तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तारलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार यी उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र यस्ता अवैध गतिविधिलाई दीर्घकालीन रूपमा नियन्त्रण गर्न सकिनेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज