Advertisement

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

Advertisement

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्।
गएराति करिब २ः३० बजेतिर विद्युत् तार सर्ट भई आगलागी भएको हो। आगलागीबाट उत्तम खातीले सञ्चालन गरेको कुले कालिका किराना पसल र मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पूर्णरूपमा ध्वस्त भएका छन्।
आगलागीका कारण दुवै पसलभित्र रहेका खाद्यान्न, तथा अन्य व्यापारिक सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्।
कुले कालिका किराना पसलका सञ्चालक उत्तम खातीले आफू राति सुतिरहेको अवस्थामा एक्कासि आगलागी भएको थाहा पाएको बताए। “आगोले पसल घेरेको देखेपछि ज्यान जोगाउन मात्र सफल भएँ, तर पसलभित्र रहेका सामान बचाउन सकिनँ,” उनले दुःख व्यक्त गर्दै भने।
खातीका अनुसार आगलागीबाट आफ्नो पसलमा मात्रै १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। यस्तै मुकेश कठायतले सञ्चालन गरेको महेश किराना पसल पनि पूर्णरूपमा जलेर नष्ट भएको छ। कठायतले आगलागीबाट ६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको बताएका छन्।
रातिको समय भएकाले आगो नियन्त्रणमा ल्याउन कठिन भएको स्थानीयको भनाइ छ। आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ।

अव्यवस्थित विद्युत् लाइन बिस्तारका कारण आगलागीका घटना घट्दै गएका छन् । बारम्बार यस्ता घटना दोहोरिँदा पनि समस्या समाधानतर्फ नेपाल विद्युत् प्राधिकरणको प्रभावकारी पहल देखिदैन । समयमै विद्युत् लाइनको मर्मत, व्यवस्थापन र स्तरोन्नति नगरिए यस्ता दुर्घटना अझ बढ्न सक्ने देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज