Advertisement

जेनजी अभियन्ताबाट रास्वपाको प्रदेश नेतृत्वसम्म : नितेश जोशीको प्रभावशाली उदय

Advertisement

 

धनगढी । युवापुस्तामाझ ‘जेनजी अभियन्ता’का रूपमा परिचित नितेश जोशी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश नेतृत्वमा उदाउँदो युवा अनुहारका रूपमा स्थापित भएका छन्। प्रदेश सदस्य पदमा उनको उल्लेखनीय विजयले पार्टीभित्र युवा नेतृत्व, नवीन सोच र परिवर्तनप्रतिको जनविश्वासलाई थप बल प्रदान गरेको छ।

हालसम्म बिध्र्यार्थि  राजनीतिक गतिविधिमा सक्रिय रहेका जोशीले पछिल्लो समय वैकल्पिक राजनीतिक अभियानको पक्षमा उभिँदै रास्वपामा प्रवेश गरेका थिए। छोटो समयमै संगठनभित्र प्रभाव जमाउन सफल उनले प्रदेश सदस्य पदमा प्रभावशाली मतसहित विजय हासिल गरेका छन्।

प्रदेश सदस्य पदका लागि भएको निर्वाचनमा जोशीले १६६ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी कल्पना बुढाथोकीले ८९ मत प्राप्त गरिन्। यस्तै, पुष्करराज अवस्थीले २७, रोहित चन्दले ६० तथा निता चन्द शाहीले ६८ मत प्राप्त गरेका थिए।

डिजिटल पुस्ताको प्रतिनिधित्व गर्ने युवा अभियन्ताका रूपमा चिनिएका जोशी सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा जनचासोका विषयमा सक्रिय रहँदै आएका छन्। युवाको राजनीतिक सहभागिता, सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र उत्तरदायी नेतृत्वको पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएका छन्।

उनको विजयलाई केवल व्यक्तिगत उपलब्धि मात्र नभई नयाँ पुस्ताले राजनीतिमा खोजिरहेको परिवर्तन, सहभागिता र परिणाममुखी नेतृत्वप्रतिको विश्वासका रूपमा समेत हेरिएको छ। रास्वपाभित्र युवा नेतृत्वलाई स्थापित गर्ने क्रममा जोशीको उदयलाई सुदूरपश्चिम प्रदेशको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रदेश सदस्यमा निर्वाचित भएसँगै जोशीले पार्टी संगठन विस्तार, जनसरोकारका मुद्दाको पैरवी तथा युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने भूमिकामा सक्रिय रहने अपेक्षा गरिएको छ। उनको राजनीतिक यात्राले वैकल्पिक राजनीतिमा विश्वास गर्ने युवापुस्ताका लागि नयाँ सम्भावना र प्रेरणाको सन्देश दिएको समर्थकहरूको भनाइ छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज