Advertisement

घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता

Advertisement

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बझाङको मष्टा गाउँपालिका- १ घर भएका रावल हाल निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचाररत छन्। गत चैत ११ गते ड्युटी सकेर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनी गम्भीर घाइते भएका हुन् र उनको स्वास्थ्य अवस्था अझै जटिल रहेको चिकित्सकहरूले बताएका छन्।
यसैबीच, थ्री स्टार इंग्लिस बोर्डिङ स्कुल का संस्थापक गोपाल शर्मा तथा संचालक मिरा आचार्य ले रावलको उपचारका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। साथै, उनले रावलका एक छोरालाई कक्षा १० सम्म विद्यालयमा लाग्ने सम्पूर्ण शैक्षिक खर्च निःशुल्क व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि रावलको जीवन बचाउन विद्यार्थीहरूले समेत मानवीय संवेदनशीलता देखाउँदै आर्थिक सहयोग गरेका थिए। देशको सुरक्षामा खटिएका एक प्रहरी जवान जीवन–मृत्युको संघर्षमा रहँदा विभिन्न तहबाट भइरहेको सहयोगले मानवताको उदाहरण प्रस्तुत गरेको छ। कठिन परिस्थितिमा रावलको जीवन रक्षा गर्न सबै पक्षबाट साथ, सहयोग र सद्भाव आवश्यक देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज