Advertisement

दुर्घटनाबाट गम्भीर घाइते रावललाइ थ्री स्टार इङलिस बोर्डिङ स्कुलको ठूलो सहयोगhttps://kamanatoday.com/2026/04/04/18/12/39/18834/

Advertisement

धनगढी : गत चैत ११ गते कैलालीको कैलारी गाउँपालिकास्थित भर्री चोकमा भएको सवारी दुर्घटनामा परी गम्भीर घाडते भएका प्रहरी जवान अनिल कमार रावलको उपचारका लागि सामाजिक क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम सुरु भइरहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया दरबन्दी भई अस्थायी ट्राफिक प्रहरी पोस्ट हसूलियामा कार्यरत रावलको दुर्घटनाबाट टाउकोमा गम्भीर चोट लागेको थियो ।

 उनी विगत १० दिनदेखि धनगढीस्थित निसर्ग अस्पतालको भेन्टिलेटरमा मृत्युसँग लडिरहेका छन । उपचार खर्च निकै महँगो भइरहेको र परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा थ्रि स्टार इङ्ग्लिस बोर्डिड स्कुलले  सहयोगको हात अगाडि बढाएको हो ।

विद्यालयका संस्थापक गोपाल शर्मा र सञ्चालक मिरा आचार्यले शनिबार रावलको परिवारलार्ड भेट गरी तत्काल राहत स्वरूप २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेका छन । आर्थिक सहयोगका अतिरिक्त शर्मा दम्पतीले घाइते रावलका दुई छोरामध्ये एक जना छोरालार्ड आगामी नयाँ शैक्षिक सत्रदेखि कक्षा १० सम्म लाग्ने सम्पर्ण विद्यालय शूल्क (भर्ना ,किताब कापी तथा मासिक शूल्क) निःशूल्क गर्ने प्रतिबद्धता जनाएका छन । हाल उनका एक छोरा कक्षा ३ मा अध्ययनरत छन भने अर्का छोरा नर्सरीमा अध्ययनरत छन ।  स्कुलले यी दुईमध्ये एक जनाको कक्षा १० सम्मको सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरेको हो ।

सहयोग हस्तान्तरण गर्दै संस्थापक गोपाल शर्माले भने, “ड्युटीमा खटिएका राष्ट्रसेवकको यो अवस्थाले हामीलाई निकै दुखी बनाएको छ । उहाँको जीवन रक्षाका लागि हाम्रो सानो प्रयासले परिवारलाई थोरै भए पनि राहत मिल्ने र बच्चाको भविष्य सुरक्षित हुने आश राखेको छु ।”

उपचाररत रावलको अवस्था अझै चिन्ताजनक रहेको र उनलाई बचाउन ठुलो रकम आवश्यक पर्ने देखिएकाले अन्य संघसंस्था र समाजसेवीहरूलाई पनि सहयोगका लागि अपिल गरिएको छ ।

आर्थिक सहयोगको लागि सम्पर्क ब्यक्ति र नम्बरहरु:

खातावाकाको नाम :-  Dipa Rokaya (श्रीमती)

मोबाइल नम्बर : – 9841271807

खाता न :- 4110100501042010

खाता रहेको बैंक :- राष्ट्रिय वाणिज्य बैंक

थप सम्पर्कका लागि :-

राकेश खड्का :9858488023

नरेश रोकाया : 9848576542

बिनोद रावल : 9849366877

कुमार खड्का : 9843152811

बिकास रावल : 9844103328

भारतको लागि सम्पर्क :-

ज्योती प्रकाश रोकाया :- +916360108040

कोरिया को लागि सम्पर्क

बिरेन्द्र खड्का

+821028606888

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज