Advertisement

सहिद भीमदत्त पन्तको ९८ औँ जन्मजयन्ती मनाइयो

Advertisement

कैलाली – सहिद भीमदत्त पन्तको महेन्द्रनगरस्थित शालिकमा माल्यार्पण गरी ९८औँ जन्मजयन्ती हिजो मनाइएको छ । सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले भीम वाटिकामा रहेको शालिकमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले सहिद पन्तको शालिकमा तोडफोड गरी क्षति पुर्याउनेमाथि हदैसम्मको कारबाही हुनुपर्ने बताए । दलित, किसान, गरिबका नेता पन्तको शालिक तोडफोड गरी इतिहास मेटाउने परिपञ्च रचिएको उल्लेख गर्दै उनले त्यस्ता तत्व विरुद्ध एकजुट भएर उभिनुपर्ने बताए ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले तोडफोड गरिएको शालिक पुनःनिर्माणको कार्य चाँडै अगाडि बढाइने बताए । शोषक सामन्तलाई परास्त गर्ने क्रान्तिकारी नेता पन्त इतिहासको पानामा सधैँ अमर रहिरहने उनले बताए । 

सहिद पन्त विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका हुन् । सुदूरपश्चिममा तत्कालीन व्यवस्थाविरुद्ध उनले ‘कि त जोत हलो, कित छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानको पक्षमा क्रान्ति गरेका थिए ।

तत्कालीन सरकारले उनलाई विसं २०१० साउन १७ गते डोटीको बुडरमा हत्या गरेको थियो । उनको टाउकोलाई काटेर डडेल्धुरा खलङ्गाको टुँडिखेलमा केही दिन झुण्ड्याइएको थियो ।

भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । सहिद पन्तले किसान क्रान्ति सुरु गरेका जिल्लाको ब्रम्हदेव, बेलौरी र महेन्द्रनगरमा शालिक रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज