Advertisement

गौरीगंगाको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न

Advertisement

बढैपुर – कैलालीको गौरीगंगा नगरपालिका ५ मा रहेको मोहन्याल माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौरीगंगा नगरपालिका- ५ अण्डैयास्थित मोहन्याल माध्यमिक विद्यालयको ४२ औं  वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य तुलसी देवकोटाले शिक्षाको गुणस्तर सुधारमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनलेे सामुदायिक विद्यालयलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय सरकार, विद्यालय प्रशासन, शिक्षक तथा अभिभावकबीच सहकार्य हुनुपर्ने धारणा व्यक्त गरे ।
देवकोटाले “विद्यार्थीहरू राष्ट्रको भविष्य भएकाले उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा अपरिहार्य छ,” भन्दै विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको उल्लेख गरे।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराए । कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा शैक्षिक सामग्री वितरण गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति पनि दिएका थिए भने विद्यालयको विकासमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज