Advertisement

काङ्ग्रेस-एमालेको चुनाव चिन्ह फेरिएर घण्टी बनेको भन्दै बनाइएको भ्रामक भिडिओ भाइरल

Advertisement

नेपाली काङ्ग्रेस र नेकपा (एमाले) लगायतका पुराना राजनीतिक दलहरूको चुनाव चिह्न फेरिएर ‘घण्टी’ बनेको भन्दै सामाजिक सञ्जालमा एउटा भ्रामक भिडिओ भाइरल बनेको छ । फेसबुक प्रयोगकर्ता प्रियाशा ज्ञवालीले सोमबार आफ्नी आमासँग गरेको भिडिओ कलको स्क्रिनरेकर्ड सार्वजनिक गरेपछि उक्त भ्रामक सामग्री भाइरल बनेको हो ।
समाचार तयार पार्दासम्म उक्त भिडिओलाई १३ लाखभन्दा बढी पटक हेरिएको छ भने भिडिओमा १ लाख ८ हजारभन्दा बढी रियाक्सन, २ हजार १०० भन्दा बढी कमेन्ट आएका छन् र १ हजार ६०० भन्दा बढी पटक शेयर गरिएको छ ।
५९ सेकेन्ड लामो उक्त भिडिओमा युवतीले आफ्नी आमालाई ‘यस पटक भोट केमा दिने ?’ भन्दै प्रश्न गरेकी छिन् । जवाफमा आमाले आफूले विगतदेखि नै काँग्रेसमा भोट हाल्दै आएकाले यस पटक पनि त्यसै गर्ने बताउँछिन् । त्यसपछि ती युवतीले सरकारले यस पटक काङ्ग्रेसको ‘रुख’ र एमालेको ‘सूर्य’ दुवै चुनाव चिह्न परिवर्तन गरेर ‘घण्टी’ बनाएको भन्दै आमालाई झुक्याउँछिन् ।छोरीको भ्रामक कुरा सुनेपछि चुनाव चिह्न फेरिएको विषय आफूलाई थाहा नभएको बताउँदै ती वृद्ध आमा छोरीको कुरामा पूर्ण रूपमा विश्वस्त सुनिन्छिन् । ‘रुख’ले जित्ने आशामा उनले यस पटक ‘घण्टी’मा भोट हाल्ने र अरूलाई पनि त्यही सुझाव दिने बताउँछिन् ।

साथै, घण्टीले जितेको खण्डमा आफूहरू भारतबाट नेपाल फर्किने कुरा समेत भिडिओमा छोरीले बताएकी छिन् । भिडिओको अन्त्यसम्ममा आमा उक्त भ्रममा पूर्ण विश्वस्त भएको देखाइएको छ ।

यो भिडिओ सामाजिक सञ्जालमा फैलिएसँगै प्रयोगकर्ताबाट मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले युवतीको कदमलाई समर्थन गरेका छन् भने अधिकांशले यसको आलोचना गरेका छन् । मतदान गर्नु नागरिकको व्यक्तिगत अधिकार भएको उल्लेख गर्दै आलोचकले एउटा पार्टीमा आस्था राख्ने व्यक्तिलाई चुनाव चिह्न नै फेरियो भनेर भ्रममा पारेर भोट हाल्न लगाउनु गलत भएको औँल्याएका छन् ।

त्यस्तै केही प्रयोगकर्ताले भने आमालाई झुट बोलेर भ्रममा पार्नुको सट्टा नयाँ पार्टीका राम्रा एजेन्डा र विषयबारे बुझाएर आस्था परिवर्तन गराउन वा नयाँ पार्टीमा आबद्ध गराउन सकिने भन्दै सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज