Advertisement

सामाजिक संजालमा बैंकदेखि व्यवसायसम्म विवादै विवादका प्रश्न: प्रतिनिधिसभा दौडमा सिंहमाथि विश्वासको संकटhttps://kamanatoday.com/2026/02/13/10/18/00/18406/

Advertisement

बझाङ : प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट उम्मेदवार बनेका शैलेस सिंह यतिबेला सामाजिक सञ्जाल र स्थानीय तहमा विभिन्न आर्थिक, व्यावसायिक तथा पारदर्शितासम्बन्धी प्रश्नहरूको घेरामा परेका छन् ।
सिंहले हालै सामाजिक सञ्जालमार्फत आफू सामान्य परिवारबाट संघर्ष गर्दै सफल व्यवसायी बनेको, इमान्दार कमाइबाट सम्पत्ति आर्जन गरेको, सयौँलाई रोजगारी र छात्रवृत्ति दिएको तथा आफूमाथि लगाइएका आरोपहरू ‘भ्रमपूर्ण’ भएको दाबी गरेका छन् । उनले बैंक सेवाकाल उत्कृष्ट रहेको भन्दै प्रमाणसमेत सार्वजनिक गरेका छन् । तर, उनको दाबी र सामाजिक सञ्जालमा उठिरहेका आरोपबीच स्पष्टता नआउँदा थप प्रश्न जन्मिएका छन् ।

सिंह केही वर्ष अघि मेघा बैंक लिमिटेडमा कार्यरत थिए । उनले छोटो समयमा पदोन्नति र पुरस्कार पाएको दाबी गर्दै आफू उत्कृष्ट कर्मचारी रहेको बताएका छन् । उनले सार्वजनिक गरेको अनुभव प्रमाणपत्रमा भने राजीनामामार्फत सेवा अन्त्य भएको र कार्यसम्पादन सकारात्मक रहेको मात्र उल्लेख गरिएको छ।
तर सामाजिक संजालमा बैंकमा रहँदाको कार्यकालमै ऋण प्रवाहमा अनियमितता भएको र कारबाही पर्नु अघि नै राजीनामा दिएको सामाजिक संजालमा छ्यापछ्याप्ती चर्चा चल्दै आएको छ ।
यसबारे बैंक वा सम्बन्धित निकायबाट कुनै आधिकारिक छानबिन प्रतिवेदन भने सार्वजनिक भएको छैन ।
त्यसैगरी, उनले सामाजिक संजालमा दाबी गरेजस्तो प्रमोशन वा पुरस्कारसम्बन्धी कागजात भने हालसम्म सार्वजनिक गरिएको देखिँदैन ।

सिंहले संघर्ष र मेहनतबाट अर्बौँ बराबरको सम्पत्ति जोडेको बताएका छन् तर उक्त सम्पत्तिको प्रारम्भिक लगानी, आम्दानीको स्रोत, व्यवसायिक कारोबार र सरकारलाई तिरेको करको विवरण भने सार्वजनिक गरिएको छैन । स्थानीय नागरिकहरू “सार्वजनिक पदमा आउन चाहने व्यक्तिले आफ्नो आर्थिक स्रोत र कर विवरण पारदर्शी बनाउनुपर्छ” भन्ने माग उठाइरहेका छन्।

सिंहले आफूले सञ्चालन गरेको शिक्षण संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षा दिएको दाबी गरेको छ। साथै प्रदेश सरकारबाट वार्षिक ठूलो रकम अनुदान लिएको आरोप पनि लाग्दै आएको छ।
सिंहले उक्त आरोप अस्वीकार गर्दै प्रमाणित भए राजनीति नै त्याग्ने बताएका छन् । आफ्ना कम्पनी, स्कुल र कलेजमार्फत सयौँलाई रोजगारी दिएको बताउने शैलेस सिंहले बझाङका कति युवाले आफ्नो कम्पनी स्कुल र फ्याक्ट्रीमा वास्तविक रोजगारी पाए भन्ने तथ्यांक भने सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज