Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.4.1.) in /home3/kamanate/kamanatoday.com/wp-includes/functions.php on line 6260
धनगढीमा १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव सुरु
Advertisement

धनगढीमा १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव सुरु

Advertisement

धनगढी, २२ मंसिर /  कैलालीको धनगढीमा १९औँ संस्करणको सुदूरपश्चिम महोत्सव औपचारिक रूपमा सुरु भएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले एक कार्यक्रमका बीच गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले सुदूरपश्चिमको समृद्धिसँग जोडिएका ठूला आयोजना निर्माण र सञ्चालनका विषयमा वर्तमान सरकार सकारात्मक रहेको स्पष्ट पारे। उनले सरकारको मुख्य प्राथमिकता आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु भए पनि त्यससँगै सम्भव भएका विकास निर्माणका कामलाई पनि अघि बढाइने बताए।

“हाम्रो मुख्य काम निर्वाचन सफल बनाउन हो, त्यसबाहेक हाम्रो कार्यकालमा गर्न सकिने विकास निर्माणका काम पनि हुन्छन्,” अर्थमन्त्री खनालले भने, “दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन, दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माणलगायत योजना सरकारको प्राथमिकतामा छन्।”

पर्यटन, कृषि, उद्योग र संस्कृतिको प्रवर्द्धन लक्ष्य

महोत्सवको उद्देश्यबारे जानकारी दिँदै आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले प्रदेशको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारसँगै संस्कृति र कलाको प्रवर्द्धन नै महोत्सवको मुख्य लक्ष्य रहेको बताए। “समग्र विकासका सम्भावनाहरूलाई उजागर गर्दै आर्थिक, सामाजिक प्रतिकूलता र विषम सामाजिक परिस्थितिबाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुनःस्थापित गर्ने उद्देश्य पनि महोत्सवले बोकेको छ,” अध्यक्ष ओझाले भने। २०७६३ सालमा २१ बुँदे मागपत्र बुझाएर सुदूरपश्चिम महोत्सव सुरु गरिएको स्मरण गराउँदै उनले १९ वर्ष बितिसक्दा पनि केही महत्वपूर्ण माग अझै पूरा हुन नसकेको गुनासो गरे।

“सुदूरपश्चिमको समृद्धिका आधार निर्माणका लागि हामीले १९ वर्षदेखि निरन्तर सरकारी तहमा माग गर्दै आएका छौं,” उनले भने, “केही माग पूरा भए, केही कार्यान्वयनको चरणमा छन्, तर केही अत्यन्तै महत्वपूर्ण माग भने अझै उपेक्षित छन्। धनगढीमै स्थायी प्रदर्शनीस्थलसमेत बन्न सकेको छैन।” संघका अध्यक्ष ओझाले सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि लगानीमैत्री नीति, औद्योगिकरण, पर्यटन पूर्वाधार र ठूला परियोजनामा सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको बताए । ओझाले धनगढीमा अहिलेसम्म स्थायी प्रदर्शनी स्थल निर्माण हुन नसक्नु विकासको कमजोर उदाहरण भएको उल्लेख गरे। उनले कृषि, पर्यटन, जलस्रोत, जडिबुटी लगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानी भित्र्याउन आवश्यक नीतिगत र व्यवहारिक वातावरण नबनेको गुनासो गरे।

अध्यक्ष ओझाले २७ लाखभन्दा बढी सुदूरपश्चिमेली जनताको भावना र आकांक्षालाई सम्मान गर्दै प्रदेशको आर्थिक समृद्धि, रोजगारी सिर्जना र सन्तुलित विकासका लागि सबै तहका सरकारले ढिलाइ नगरी ठोस नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे।

‘सालिन आन्दोलन’ को रूपमा महोत्सवको सुरुवात

सुदूरपश्चिम महोत्सवका संस्थापकसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले महोत्सवको सुरुवात २०६३ सालमा ‘सालिन आन्दोलन’ का रूपमा गरिएको बताए। “सुदूरपश्चिमको समृद्धिका आधार तयार गर्न सरकारसमक्ष माग राख्ने शान्त र सभ्य आन्दोलनका रूपमा हामीले महोत्सव सुरु गरेका थियौं,” त्यतिबेला उद्योग वाणिज्य संघ कैलालीका अध्यक्षसमेत रहेका हमालले भने, “यससँगै यहाँको कला, संस्कृति र स्थानीय उत्पादनलाई एउटै थलोमा ल्याएर उत्सवको रूपमा मनाउने अवधारणा पनि जोडिएको हो।”

प्रत्येक वर्ष महोत्सवको उद्घाटनमा प्रधानमन्त्री, मन्त्री वा प्रदेशका मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाएर सुदूरपश्चिमका विकास योजनासम्बन्धी बुँदागत मागपत्र बुझाउने तथा ती मागका बुँदाजत्तिकै किलोको माला लगाउने परम्परा रहँदै आएको थियो। यस पटक भने अन्तरिम सरकारका मन्त्रीलाई माला नलगाउने निर्णय गरिएको आयोजकले जनाएको छ।

पुस २ गतेसम्म सञ्चालन, १५ करोड बराबरको कारोबारको अपेक्षा

“पर्यटन, संस्कृति, उद्योग र व्यापार – समृद्ध सुदूरपश्चिमको आधार” भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सव आयोजनामा करिब तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन्। करिब सात लाख दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान छ। महोत्सवस्थलमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेक्ट्रोनिकल सामग्री, होटल तथा सूचना प्रविधिसम्बन्धी पाँच सयभन्दा बढी स्टलहरू राखिएका छन्। सुदूरपश्चिम महोत्सव सुरुवातदेखि नै हरेक वर्ष मंसिर २२ गतेबाट आयोजना हुँदै आएको परम्परा रहेको छ।

महोत्सव अवलोकनका लागि विद्यार्थी तथा खेलाडीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ टिकटदर तोकिएको छ। ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

एनपीएल उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि आज साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्...
सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

सेती प्राविधिक शिक्षालयकी प्रमुख शर्मामाथि आर्थिक अनियमितताको आरोप, अख्तियारमा उजुरी

​डोटी- डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयकी शिक्षालय प्रमुख सुशीला शर्मामाथि पदीय जिम्मेवारी र अधिकारको दुरुपयोग गर्दै आर्...
चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

चितवनलाई हराउँदै सुदूरपश्चिम फाइनलमा, उपाधिका लागि लुम्बिनीसँग भिड्ने

काठमाडौं- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा उपाधि नजिक पुगेको छ । चितवन राइनोजलाई तीन विकेटले हरा...
एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

एनपीएल फाइनलको अर्को टोली आज टुङ्गिँदै, चितवन र सुदूरपश्चिम निर्णायक भिडन्तमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने अर्को टोलीको टुङ्गो आज ...
सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

सी, ट्रम्प र पुटिनबीच आज त्रिपक्षीय वार्ता, चीनमा जुट्दै विश्वका तीन शक्तिशाली नेता

चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज औपचारिक त्रिपक्षीय वार्ता हु...
चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

चितवन राइनोज क्वालिफायर-२ मा, काठमाडौँ गोर्खाज ६१ रनले पराजित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि होडमा चितवन राइनोजले आफ्नो सम्भावना कायमै राखेको छ । एलिमिनेटरमा काठमाडौँ गोर्खाजला...
एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

एनपीएल : दोस्रो क्वालिफायरका लागि आज काठमाडौँ र चितवन भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि होडमा टिकिरहन काठमाडौँ गोर्खाज र चितवन राइनोज आज इलिमिनेटरमा आमनेसामने हुँदै...
लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

लुम्बिनीलाई फाइनलको टिकट, सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्ने

काठमाडौं- साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । पहिलो क्वालिफायरमा सुदूर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज