Advertisement

१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो

Advertisement

१०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगितामा गौरीगंगा कराते डोजो टिमतर्फ तेस्रो

काठमाडौं । नेपाल गोजुरीयो कराते–दो संघको आयोजनामा राजधानी काठमाडौंस्थित दशरथ रंगशालामा सम्पन्न १०औँ खुल्ला राष्ट्रिय कराते प्रतियोगिता उत्साहपूर्ण वातावरणका बीच सफलतापूर्वक सम्पन्न भएको छ। देशभरका उत्कृष्ट कराते खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी गौरीगंगा कराते डोजोले ऐतिहासिक सफलता हात पार्दै ६ स्वर्ण, १ रजत र २ कास्य पदकसहित टिमतर्फ तेस्रो स्थान हासिल गर्न सफल भएको छ।

सीमित स्रोतसाधन र विभिन्न अभावका बाबजुद पनि प्रशिक्षक अशोक चन्दको निरन्तर मेहनत, अनुशासित प्रशिक्षण र लगनशीलताको प्रतिफलस्वरूप गौरीगंगा कराते डोजोले पछिल्ला वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै आएको छ। यस प्रतियोगितामा प्राप्त उपलब्धिले डोजोको निरन्तर प्रगति र प्रशिक्षकको समर्पणलाई थप पुष्टि गरेको खेल क्षेत्रका जानकारहरू बताउँछन्।

प्रतियोगितामा सहभागी गौरीगंगा कराते डोजोका खेलाडीहरूले काता र कुमुते दुवै विधामा उत्कृष्ट सीप, आत्मविश्वास र अनुशासन प्रदर्शन गर्दै निर्णायक तथा दर्शकहरूको मन जित्न सफल भए।

खेलाडीहरूको व्यक्तिगत उपलब्धि यसप्रकार रहेको छः
• राधिका धामी – काता र कुमुते दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण पदक
• मनिषा मास्की मगर – कुमुतेमा १ स्वर्ण र कातामा १ रजत पदक
• आसिका बी.के. – काता र कुमुते दुवै विधामा शानदार खेल प्रदर्शन गर्दै २ स्वर्ण पदक
• पारस बडैला – कुमुते विधामा १ स्वर्ण पदक
• हीमाल मास्की मगर र अर्जुन सार्की – कुमुते विधामा १–१ कास्य पदक

खेलाडीहरूको यो उल्लेखनीय सफलता निरन्तर अभ्यास, प्रशिक्षक अशोक चन्दको समर्पित मार्गदर्शन, अभिभावकहरूको साथ तथा संस्थागत सहयोगको संयुक्त परिणाम भएको बताइएको छ। सीमित साधनस्रोतका बीच राष्ट्रिय स्तरको प्रतियोगितामा यस्तो उत्कृष्ट नतिजा हासिल गर्नु गौरीगंगा कराते डोजो तथा सुदूरपश्चिम प्रदेशका लागि गर्वको विषय बनेको छ।

यस ऐतिहासिक सफलताप्रति सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापन टिम तथा सहयोगीहरूप्रति हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज