Advertisement

शनिबार तमैल बजारमा अनुगमन, ७ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका सामान नष्ट

Advertisement

बझाङ । घरेलु तथा साना उद्योग कार्यालय बझाङले शनिबार जयपृथ्वी नगरपालिका अन्तर्गतको तमैल बजारमा बजार अनुगमन गरेको छ । कार्यालय प्रमुख मान बहादुर धामीको नेतृत्वमा सम्पन्न अनुगमनका क्रममा बजार क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न पसल तथा व्यवसायहरूको अवस्था निरीक्षण गरिएको हो ।
अनुगमनका क्रममा पेय पदार्थ, भुजाका प्याकेट, मसला, नमकिन, टाउकोमा लगाउने तेल, पाउडर लगायतका सामग्रीहरू म्याद नाघेको अवस्थामा फेला परेको कार्यालयले जनाएको छ । म्याद नाघेका ती सामग्रीहरूको बजार मूल्य करिब ७ हजार ५ सय रुपैयाँ बराबर रहेको र अनुगमन टोली घरेलु कार्यालयका कर्मचारी, जिल्ला प्रशासनका प्रतिनिधि, सुरक्षाकर्मी र पत्रकारको रोहबरमा ती सबै सामग्री जलाई नष्ट गरिएको छ ।
यसका साथै व्यवसाय दर्ता, नवीकरण, मूल्यसूची राखिएको अवस्था तथा उपभोक्ता हितसँग सम्बन्धित कानुनी मापदण्डको पालना भए–नभएको विषयमा पनि जाँच गरिएको थियो । केही व्यवसायीहरूलाई आवश्यक कागजात अद्यावधिक गर्न तथा नियमअनुसार व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख मान बहादुर धामीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले म्याद नाघेका खाद्य तथा उपभोग्य सामग्री बिक्री नगर्न व्यवसायीहरूलाई कडा चेतावनी दिँदै आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज