Advertisement

कृषि ज्ञान केन्द्र बझाङद्वारा ब्लक सञ्चालक समितिलाई गाडी हस्तान्तरण

Advertisement

बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्र बझाङले कार्यालयको स्वामित्वमा रहेको सवारी साधन ब्लक सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको नाममा प्राप्त उक्त सवारी साधन किसानलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोग हुँदै आएको थियो । सवारी साधनको नियमित प्रयोग, संरक्षण, मर्मतसम्भार तथा पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न कृषि ज्ञान केन्द्र बझाङले मिति २०८२/०९/१७ मा गाडी हस्तान्तरण सम्बन्धी सम्झौता पत्र मार्फत समितिलाई जिम्मेवारी प्रदान गरेको हो ।

सम्झौता अनुसार सवारी साधनको प्रयोग पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्र गरिने, दुरुपयोग वा नियम विपरीत प्रयोग भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ । साथै गाडीको सञ्चालन, इन्धन, मर्मत खर्च, लगबुक राख्ने, आम्दानी–खर्चको विवरण तयार गरी ६/६ महिनामा सम्बन्धित कार्यालय तथा कृषि ज्ञान केन्द्रमा प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार सवारी साधनको प्रभावकारी उपयोग तथा अनुगमनका लागि सवारी साधन व्यवस्थापन तथा अनुगमन समिति गठन गरिएको छ । समितिको संरचनामा वडा अध्यक्ष, सम्बन्धित पालिकाका संयोजक , कृषि ज्ञान केन्द्र बझाङ सदस्य , अध्यक्ष, सम्बन्धित कृषि विकास समिति सदस्य र कृषि उपज खरिद बिक्री समिति सदस्य प्रमुख सम्बन्धित पालिकाको कृषि शाखा सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

कृषि ज्ञान केन्द्र बझाङका अनुसार समितिमार्फत गाडी सञ्चालन हुँदा सरकारी सवारी साधनको सदुपयोग, निगरानी तथा सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । गाडी हस्तान्तरण कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख, जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ, जिल्ला समन्वय समितिका प्रमुख तथा सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले सरकारी सवारी साधनको सदुपयोगले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज