Advertisement

तुर्माखाँदको नाडामा वडा कार्यालय भवनको शिलान्यास, विकासमा फड्को मार्दै गाउँपालिका

Advertisement

अछामको तुर्माखाँद गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा तीव्रता दिएको छ। यसै क्रममा वडा नम्बर ५, नाडामा वडा कार्यालयको नयाँ भवन निर्माणका लागि विधिवत् रूपमा शिलान्यास गरिएको छ ।

​गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसीले आज भवनको शिलान्यास गरेका हुन् । आफ्नै प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा परेको असहजतालाई मध्यनजर गर्दै गाउँपालिकाले प्राथमिकताका साथ भवन निर्माणको कार्य अघि बढाएको हो ।

​स्थानीय स्तरबाटै सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको यस भवनको आर्थिक विवरण निम्नानुसार रहेको छ:

​कुल लागत अनुमान: रु १,९२,४२,३८२/-

​सम्झौता रकम: रु रु १,०७,४७,५२३/-

गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसी भन्छन ​”हामी चुनावी नारामा मात्र होइन, व्यवहारमै जनताको सेवामा अहोरात्र खटिएका छौँ। नाडामा बन्ने यो भवनले स्थानीय सरकारको आभास दिलाउनेछ र नागरिकलाई छिटो-छरितो सेवा प्रदान गर्न मद्दत पुग्नेछ । ” 

​शिलान्यासको क्रममा सम्बोधन गर्दै अध्यक्ष बिसीले गाउँपालिकाका अधिकांश वडामा भवन निर्माण सम्पन्न भइसकेको जानकारी दिएका छन । केही प्राविधिक कारणले ढिलाइ भएको वडा नम्बर ३ को भवन पनि आगामी एक वर्षभित्र निर्माण गरिसक्ने कुरा पनि उक्त कार्यक्रम मार्फत जानकारी गराएका छन्  ।

​उनले थप्दै भने “जनताको आवश्यकता नै हाम्रो प्राथमिकता हो। बाँकी रहेका संरचनाहरू पनि चाँडै सम्पन्न गरी हामी तुर्माखाँदलाई एक नमुना गाउँपालिका बनाउने अभियानमा छौँ।”

​नयाँ भवन निर्माण हुने भएपछि नाडाका स्थानीयबासीहरू हर्षित भएका छन्। आधुनिक सुविधासम्पन्न भवन बनेपछि जन्मदर्ता, नागरिकता सिफारिस लगायतका अन्य प्रशासनिक कामका लागि सहज हुने उनीहरूको अपेक्षा छ। निर्माण कार्यलाई तोकिएको समयभित्रै गुणस्तरीय रूपमा सम्पन्न गर्न स्थानीयहरुले माग समेत गरेका छन्।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज